विमला दुंगाना निरौलाले ‘प्रवासमा चेली’ बोलको तीजको गीत सार्वजनिक !

इनेप्लिज २०७८ साउन १८ गते २२:५९ मा प्रकाशित

साउन १९,भर्जिनिया नेपाली नारीहरुको महान चाड नजिकिंदै गर्दा प्रवासका चेलीहरु फेरी माइतीघर सम्झन थालेका छन्।संचार माध्यमहरुले तीजका गीतहरु एक पछि अर्को गर्दै घन्काउँन थालीसकेका छन्।बिभिन्न तीजका गीतहरु सार्वजनिक हुने क्रम चलीरहेकै छ।यिनै तीज गीतका बजारमा प्रवासबाट विमला दुंगाना निरौलाले ‘प्रवासमा चेली’ बोलको गीत सार्वजनिक गर्नुभएको छ।प्रवासमा रहेका चेलीहरुको भावनालाई समेट्दै प्रवासको बसाइमा भोगीएका यथार्थ कुराहरुलाई थुङ्गामा बटुलेर मालारुपी सिङ्गो गीत बनेको “प्रवासमा चेली” हिजो साँझ बिश्वभरिबाट एकै साथ लोकार्पण भएको छ| तिज गीत र लोक गायिका अम्बिका भण्डारीको मिठो स्वरमा रेकर्ड उक्त तीज गीतको बिमोचन कार्यक्रम रेवा अर्गनाईजेसनबाट भएको थियो।आयोजित उक्त कार्यक्रमको अध्यक्षता रेवा अर्गनाईजेसनका सल्लाहाकार डा. हरि भट्टराईले गर्नु भएको थियो ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिओटीको सभापति बरिष्ठ साहित्यकार, गीतकार गिता खत्रीको प्रमुख आतित्थमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि लोक गायिका र तीज गीतकी मुहान मानिने हरिदेवी कोइराला हुनुहुन्थ्यो।पोखरा प्रतिष्ठानका कुलपति तथा लोक गायनका ज्ञाता पद्म राज ढकालले गीतका शब्द,सन्दर्भ,संगीत,स्वर,छायांकन र प्रबिधि लगायत सबै पक्षहरुको समिक्षा गर्नु भएको थियो भने नेपाली संस्कृतिका विद्वान डा.रघु अर्यालले तीजको महत्वको बारेमा जानकारी गराउनु भएको थियो।सो अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज बीओटिका उप सभापति पद्म बिश्वकर्मा,पुरु सुबेदी,अनेसास केन्द्रीय कमिटिका बरिष्ठ उपाध्यक्ष गोवर्द्वंन पूजा र उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गीतकार बिमला निरौलाको साहित्य प्रतिको लगाव,मेहनत र आगामी दिनहरुमा अझै उत्कृष्ट योगदानको अपेक्षा र शुभकामना दिनु भएको थियो।

कार्यक्रममा सर्जक बिमला निरौला तथा गायक अम्बिका भण्डारी दुवैजनाले आफ्नो उत्साह बढेको र गीतको सन्दर्भ अनि सहयोगी तथा प्राबिधिकहरुलाई धन्यवाद समेत दिनु भएको थियो।अनेसास बाट साहित्यकार तारा अधिकारी,न्युहेम्साएरबाट साहित्यकार तथा गायिका हरिमाया अधिकारी र साहित्यकार,तथा गीतकार कमला न्यौपानेको पनि सहभागिता थियो।अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष समेत रहनु भएकी गायिका साहित्यकार सकुन्तला ज्ञावालीको सुरिलो आवाजमा कार्यक्रम संचालन भएको थियो।यस गीतकी सर्जक बिमला दुंगाना निरौला गीतकार,साहित्यकार र हाल अनेसासको केन्द्रिय सचिव पनि हुनुहुन्छ।

“प्रवासमा चेली”को बिमोचन कार्यक्रममा संसार भरीका दिदी बहिनीहरु एकै साथ बिमोचन गरिएको थिय।छमछमी नाच्न मिल्ने उक्त गीत प्रति प्रवासी दिदी बहिनीहरु बिच धेरै को राम्रो उत्सुकता देखिन्थ्यो।अमेरिकाको पुर्बिय समय साँझ ९ बजे सुरु भएको कार्यक्रम विभिन्न देशको स्थानीय समय अनुसार सबैलाई अनुकुल नहुने भएर पनि लगभग सबै महादेश (धेरै देशहरुबाट) उपस्थिति थियो।जापानबाट वृन्दा पराजुली,स्पेनबाट शारदा पौडेल निशा लगाएत बिभिन्न स्थानबाट सहभागिता रहेको थियो| यस कर्यक्रमको प्राबिधिक पक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने इनेप्लिजले प्रतक्ष्य प्रसारण गरेको थियो।

बिमला ढुंगाना निरौलाको शब्द रहेको यस तीज कोसेली गीतमा स्वर तथा लय अम्बिका भण्डारीले दिनुभएको छ भने यसको संयोजन साहिलले गर्नु भएको हो| त्यसैगरि यसको निर्देशन तथा सम्पादन शिव राजा भुर्तेलद्वारा गरिएको छ भने यसको वितरणको जिम्मा नमस्ते पोखरा ब्रोडकास्टीङ स्टुडियोले लिएको छ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले ‘प्रवासमा चेली’ बोलको गीत बजारमा ल्याएको निर्माण पक्षले बताएको छ।नेपाल र युएसएमा छुट्टै छुट्टै छायांकन गरिएको उक्त गीत सायदै पहिले तीज गीत होला की प्रवासी चेलीहरु एकै थलोमा बसेर छायांकन गरिएको| यस गीतले स्वदेश र विदेश दुबैको महत्व दर्साएको छ|
यस तीज कोशेलीमा करुणा भण्डारी, भावना पन्त, स्वाइक्षा सुबेदी, इन्दिरा शर्मा नेपाल बाट नृत्य गर्नु भएको छ भने बिमला निरौला, कमला दुंगना, कमला खरेल,गीता केसी, बिष्णु शर्मा, सरिता ज्ञवाली,सावित्रा पुडासौनी,रिता सिग्देल,माया अधिकारी,गुराँस बस्नेत,बिष्णु केसी लगायत वाशिंगटन महानगर क्षेत्रका धेरै दिदी बैनीको नृत्य समाबेस गरिएको छ।साथै वाशिंगटन महानगर क्षेत्र मा गरिएको छायांकनमा शिव तिमल्सिना किशोर दुंगाना,मुकेश केसी लगायत धेरै दाजूभाइहरुको सहयोग रहेको छ।लामो समय देखि सपरिवार अमेरिकाको वाशिंगटन महानगर क्षेत्र (उत्तरी भर्जिनिया) बस्दै आउनु भएकी विमला निरौलाको बिगतमा यस वाशिंगटन महानगर क्षेत्रमा हुने अधिकांश तीजकार्यक्रम हरुमा उहाँका रचना गयिने गर्थे भने यस पटक औपचारिक तीजको गीत ‘प्रवासमा चेली’ रेकर्डीङ्ग र छायांकन समेत भएर आएको छ।यस बर्षको तीज सधै झैँ र सधैं भन्दा पनि उल्लाशमय बनोस।सम्पूर्ण चेलीहरूलाई अहिले बाटै तीजको अग्रिम र हार्दिक शुभकामना !!!

तपाईहरुपनि यो लिंकमा क्लिक गरेर “प्रवासमा चेली” सुन्न सक्नुहुनेछ:

प्रतिक्रिया