सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०९
वासिङटन डिसी 03:24

खोप लगाएका ट्रम्पका कट्टर हिमायती रिपब्लिकनका सिनेटर लिन्ड्से ग्राहम कोरोना सक्रमित

इनेप्लिज २०७८ साउन १८ गते २२:०७ मा प्रकाशित

कोरोना बिरुद्धको खोप लगाएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर हिमायती रिपब्लिकनका सिनेटर लिन्ड्से ग्राहमले खोप लगाएता पनि कोरोना सक्रमित भएका छन्।

उनलाई मर्की (फ्लु)जस्तै लक्षण देखा परे पछि चिकित्सकलाई जँचाउँदा कोरोना भएको पुष्टि भएको छ । । उनले सोमबार जुलाई २ का दिन आफूलाई कोरोना लागेको घोषणा गरेका छन । उनले कोरोना संक्रमित भए पछि लक्षण न्यून रहेको बताउदै आफूले खोप लगाएकोमा गर्व लागेको बताएका छन् ।

उनका घरेलु चिकित्सकले जाँच गराउदा सक्रमण भएको जानकारी गराएका थिए । गत शनिबार मर्की(फ्लु)जस्तै लक्षण अनुभूति गरे पछि उनि चिकित्सकका गएको सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेका थिए । उनले १० दिन एकान्तवास ((क्वारेनटाइन )बस्ने जनाएका छन् ।

सोमबार उनको कोरोनाको नतिजा आउदा उनि सिनेटमा थिए । सिनेटमा उनले मुखावरण लगाएको समाचार सिएनएनले लेखेको छ ।

अमेरिकाको साउथ क्यारोलाइनाका अमेरिकी सिनेटर सन् २००३ देखि चुनाव जित्दै आएका छन । उनि सिनेट न्यायिक समितिका सभापति पनि हुन ।

ग्राहम प्रभावशाली सिनेटर र डोनाल्ड ट्रम्पका निकै नजिकका सहयोगी र हर समय ट्रम्पलाई बचाऊ गरेका छन् ।

प्रतिक्रिया