सोमबार, असोज ४ २०७८
काठमाडौं १४:२८
वासिङटन डिसी 04:43

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका ( नासा , NASeA ) को अध्यक्ष पदको लागि बर्तमानमहासचिब कृष्ण श्रेष्ठ ( फ़्लोरिडा) को उमेदबारी !

इनेप्लिज २०७८ साउन १८ गते १७:४६ मा प्रकाशित

३ दशक लामो र गौरवमय ईतिहास भएको लोकप्रिय,दरिलो र अमेरिकी नेपालीहरूको आशा तथा भरोसाकोकेन्द्र बिन्दु बनेको संस्था “ नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (NASeA,नासा) को प्रत्येक दुईबर्षको लेबर डे सप्ताहान्तमा बिधान बमोजिम निष्पक्ष,पारदर्शी र प्रजातांत्रिक पद्धति अनुसार निर्बाचन मार्फ़त नयां कार्य समिति निर्माण हुने गर्दछ।सो बमोजिम,यो बर्ष २०२१ को लेबर डे सप्ताहान्त सेप्टेम्बर ५ तारीख़शनिबार निर्बाचन हुनेगरी नासा / अन्मा ( एसोसियसन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका ) को १६ औसंयूक्त सम्मेलन फ़्लोरिडा राज्यको सुन्दर पर्यटकिय शहर ओर्ल्याण्डोमा Nepalese Association of Florida ( NAF ) को प्रमुख आतिथ्य र INLS,Florida Chapter,Nepali Community Center Orlando ( NCCO ), Newah Organization of America ( NOA ) Florida Chapter,Madhesi Association in America ( MAA) Fl chapter,Little Buddha Lions Club Orlando and NRNA NCC USA को सह आतिथ्यमा हुन गईरहेको छ।

यो संस्थाको कार्यसमितिको सदस्य,सह सचिब तथा दुई पटक महासचिब पदमा सेवा गर्दै लगातार आठ बर्षे चार कार्यकाल पूरा गरेको अनुभवलाई निरन्तरता दिंदै आफ्नै गृह राज्य फ़्लोरिडामा हुन गईरहेको यो बिशेष संयूक्त सम्मेलनमा,कामको आधारमा नासाको नाम राष्ट्रीय स्तरमा अझै उच्च बनाउने कार्य योजना सहित यस पटक हजूरहरू सबै आदरणिय आजिबन तथा साधारण सदस्यहरू एबं शुभचिन्तक हरूको पूर्ण माया,समर्थन र मतको समेत अपेक्षा गर्दै नासाको अध्यक्ष पदमा उमेदबारी दिएको छु।

अधिकांश आजिबन सदस्य हरू तथा यस बर्ष बन्नु भएको झण्डै ३८५ जना अन्य नयां बार्षिक साधारण सदस्यहरूबाट समेत प्राप्त माया,शुभेच्छा र दरिलो समर्थन ले गर्दा मेरो उमेदबारी ले सार्थकता पाउने छ भन्ने पूर्णबिश्वास लिएको छु।हजुर हरू सबै आदरणिय आजिबन तथा बार्षिक साधारण सदस्य मतदाता ज्यू हरूको सल्लाह,सुझाब तथा गुनासो समेत केहि भए मेरो निम्न सम्पर्क माध्यम मार्फ़त जानकारि गराईदिनु हुन पनि बिनम्र अनुरोध गर्दछु।

Email –  [email protected]

Cell Phone – 5613100694

धन्यबाद

कृष्ण श्रेष्ठ

अध्यक्ष पदको उमेदबार,नासा

२ अगष्ट २०२१

प्रतिक्रिया