लघुकथा:कुभिण्डे भूँडी
बारीबाट घाँस लिएर फर्कंदा घर भित्र कल्याङ् मल्याङ् सुनिन् फूलमतीले ।
“ले ले यता खिच् ,हैन यसरी खिच् ,अलि उताबाट खिच् ”
बिच बिचमा खित्का छोडेको आवाज पनि सुनिन् ।
“हैन, गाउँ भरिका को को बटुलेर के गर्दै छे मखमली ?” – भन्दै हतार हतार भित्र पसीन् ।
“ल हेर ! विऊको लागि पालीमा राखेको कुभिण्डो सत्यानास पारे नि ।अझ मेरै मेक्सी लगाएर के गर्न आँट्यौ ए नखरमाउलीहरु ?”
हत्तपत्त मखमलीको हातबाट आफ्नो मोवाइल खोसीन् र एक एक गर्दै फोटाहरु हेरीन् ।
“लौ न के अलच्छिन् गरेका यस्तो ?” –च्याठ्ठिँदै सोधिन् फूलमतीले ।
भर्खर १२ वर्ष लागेकी मखमलीकी साथी मालतीले जवाफ दिन्छे- “ठूलो भूँडी देखाएर फेसबुकमा फोटो राखे भाइरल भइन्छ रे के अन्टी ।त्यसैले हजुरको मेक्सी लगाएर त्यस भित्र कुभिण्डो राखी फोटो खिचेको नि ”
“भोलि हेर्नु होला नि कति लाइक कमेन्ट आउँछ” – डराइ डराइ मखमलीले कुरा थपि।
–मित्र ‘उराठी’ गौतम ,अमरपुर- गुल्मी
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया