क्यालिफोर्नियामा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गोली हानी हत्या
अमेरिकाको क्यालिफोर्निया राज्यमा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गोली हानी हत्या गरिएको छ । २५ वर्षीय ज्याकलिन फ्लोर्स नामकी आमाले आफ्नी छोरीलाई आफ्नो गाडीको पछाडी सिट( स्थान)राखे पछि उनलाई गोली टाउकोमा लागेको थियो ।
गत जुलाई २७ का दिन फ्रेस्नो भन्ने स्थानमा उक्त दुखद घटना भएको थियो । फ्रेस्नो काउन्टी प्रहरीले एक वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेका छन् ।
सौभाग्यवस छोरीलाई गोली नलागेको प्रहरीले उल्लेख गरेका छन् । तर गोली पछाडीको झ्यालबाट गोली छिरेको तर उनलाई नलागेको बताएका छन् । आमालाई स्थानीय अस्पतालमा गम्भीर अवस्थामा भर्ना गरिएको थियो भने उनको ३ दिन पछि निधन भएको प्रहरीले सामाजिक संजाल ट्वीटरबाट सार्वजनिक गरेका थिए ।
प्रहरीको वक्तव्यका अनुसार फ्लोर्सलाई निशाना नबनाई जनाएका छन् । “हिंसाको यो मूर्खता पूर्ण कार्य गलत पहिचानको मामला हुन सक्छ,” प्रहरीले भने । अहिले सम्म कसैलाई प्रकाउ गरिएको छैन भने प्रहरीले त्यहाँका वासिन्दालाई सुचना दिन आग्रह गरेको समाचार सिएनएनले लेखेको छ ।
तस्बिर : फक्सएलए
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया