लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको समाचार

इनेप्लिज २०७८ साउन १८ गते ११:०८ मा प्रकाशित

लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।‘नेपाल आइडल सिजन दुई’ की थर्ड रनरअपपछि नै दर्जनौं हिट गीत सांगितिक बजारमा दिईसकेकी अहिलेकी चर्चित गायिका अस्मिता अधिकारी र पहिला आफ्नै ५ वटा सोलो गाइसकेर पहिलो पटक संयुक्त रुपमा गाउने मेलबर्न निवासी गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’ मा पुजा शर्मा र सर्वाधिक हिट गीत ‘फुलबुट्टे सारी’ का मोडेल आनन्द सिंहको अभिनय रहेको छ।

टंक बुढाथोकीको शब्द,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ।सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाकी राखेका छैनन।निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन।

भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन।पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन छ।

टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई रिलिज भएसंगै रफ्तार लिदैछ र शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ।

प्रतिक्रिया