सोमबार, असोज ४ २०७८
काठमाडौं १४:३७
वासिङटन डिसी 04:52

मेरिल्याण्डमा आफ्नी आमाको हत्या गरि घर बाहिर शव थुप्रोमा फ्याँक्ने छोरा पक्राउ

इनेप्लिज २०७८ साउन १७ गते २२:५४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा आफ्नी आमाको हत्या गरि घर बाहिर शव थुप्रोमा फ्याँक्ने छोरालाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको एन अरुनडेल काउन्टी प्रहरीले गत जुलाई २५ का दिन ५८ बर्षिय जुअनिटा नाओमी कोइलपिल्लाई नामक महिला हराएकी जानकारी प्राप्त गरेका थिए ।

जव प्रहरीहरु ट्रासी ल्यानडिंग स्थानको जेनोआ सडक स्थित ६३०० भवन समूहमा ३:२८ मिनेटमा आउँदा घर भित्र रगत फेला पारेका थिए ।

त्यस पछि तुरुन्तै कोइलपिल्लाईको शव घर बाहिर पाइएको थियो । उनको शव परीक्षण गर्दा धारिलो हतियार प्रयोग गरिएको र मानव हत्या भएको प्रहरीले बताएका छन् ।

त्यसै सिलसिलामा प्रहरीले उनका २३ बर्षिय छोरा एन्ड्रयु वाईलिन बिभर्सलाई शंका गर्दै उनि हत्यामा संलग्न भएको पहिचान गरेका थिए । हतियारको साथै दुवै जनासँग रगत पाईएको थियो ।

बिभर्सको दाहिने हातमा एक नयाँ ताजा घाउ भएको पाइएको थियो । प्रहरीले जुलाई ३१ का दिन उनलाई भर्जिनियाको लिजबर्गबाट गिरफ्तार गरिएको थियो । उनले आमाको सवारी साधन लिएर भागेका थिए ।

बिभर्सलाई प्रथम र द्वितीय श्रेणीको हत्याको आरोप लगाईएको छ । उनलाई भर्जिनियाबाट मेरिल्याण्डको लागि सुपुर्दगी गर्नु पर्ने भएको समाचार एबिसी ७ न्युजले लेखेको छ ।

तस्बिर : एन अरुनडेल काउन्टी प्रहरी

प्रतिक्रिया