एनआरएन अमेरिकाद्वारा रूपन्देहीका बालबालिकालाई नगद, पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री प्रदान

इनेप्लिज २०७८ साउन १७ गते २२:१० मा प्रकाशित

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाले एक कार्यकम बीच रूपन्देहीका बालबालिकालाई नगद, पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

उक्त कार्यक्रमकी सभापतित्व एनआरएन अमेरिकाकी अन्तर्राष्ट्रिय सदस्य तृष्णा शर्माले गरेकी थिइन् । प्रमुख अतिथि लुप्र सभासद माननीय रमा अर्याल तथा ब्रम्ह कुमारी राजयोग इश्वरीय विश्वविद्यालय भैरहवाकी प्रमुख ब्र कु शान्ति सुवेदी विशेष अतिथिको रूपमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रम आशा ज्योति सहयोग समूहको संयोजनमा एआरटी सेवा लिई रहेका बालबालिकाहरूलाई नगद, पौष्टिक आहार, मुखावरण (माक्स)तथा हात सेनिटाईजर(निर्मलीकरण) गर्ने साम्रगी वितरण गरेको हो।

एनआरएन अमेरिकाकी अन्तर्राष्ट्रिय सदस्य तृष्णा शर्माका अनुसार भैरहवा स्थित पिस नाईट होटलमा सम्पन्न कार्यक्रममा रूपन्देहीका ३० जना बालबालिकालाई सहयोग बितरण गरिएको बताइन ।

बालबालिकालाई नेपाली काँग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्यालले उक्त सामाग्री हस्तान्तरण गरेकी हुन्। उनले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरीकाज क्षेत्रले प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरिन।

जिल्लाका विभिन्न ठाउँका ए आर टी सेवा लिइरहेका २ वर्ष भन्दा माथिका ३० जना बालबालिकाहरूलाई खाद्यन्न, चामल ,भटमास (सोयाविन), चिनी, दाल, भुजा ,तेल, सर्वोतम पीठो, चना अण्डा, फलफूलका साथै स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा माननीय रमा अर्याल, ब्रह्म कुमारीकी शान्ति सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन समाजसेवी विजय शर्माले गरेका थिए ।

प्रतिक्रिया