सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४०
वासिङटन डिसी 04:55

न्यूयोर्कमा गोलीबारी हुँदा कम्तीमा १० जना १९ बर्ष देखि ७२ वर्षका व्यक्ति घाइते

इनेप्लिज २०७८ साउन १७ गते २१:३३ मा प्रकाशित

न्यूयोर्कमा गोलीबारी हुँदा कम्तीमा १० जना १९ बर्ष देखि ७२ वर्षका व्यक्तिहरू घाइते भएका छन् । गत शनिवार राती उक्त गोलीकाण्ड भएको न्यूयोर्क प्रहरीले जनाएका छन् ।

न्यूयोर्क नगर प्रहरीका अनुसार घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार गरि रहेको बताएका छन् । गत शनिवार करिव १०:३८ मिनेटमा प्रहरीहरुलाई गोलीकाण्ड भएको खबर गरिएको आइतबार पत्रकार सम्मेलनमा उनीहरुले बताए ।

प्रारम्भिक जानकारी अनुसार ९७ औ गल्लीको ३७ औ मार्ग (एभेन्यु)को उत्तरी क्षेत्रमा दुई जना मानिसहरु भिडमा आएर गोली चलाएका थिए। गोली हान्ने बित्तिकै उनीहरू दुई चक्र बाहन(स्कुटर) सवारी साधनमा चढी भागेका थिए । दूई पाङ्ग्रे सवारी साधनमा अन्य दुई व्यक्तिहरूको पछाडी चढी उनीहरू भएका थिए भनि प्रहरीले पत्रकारहरूलाई बताए । प्रहरीहरुले ४ जना प्रत्येकलाई व्यापक खोजी गरि रहेका छन् । संदिग्धहरुले मुखावरण(मास्क)को साथै टाउको छोप्ने वस्त्र (हुडेड स्विटसर्ट) लगाएका थिए ।

१० जना घाइते भएका मध्ये कुनै गिरोहका सदस्य भएका र अन्य ७ जनालाई विशेष लक्षित नगरिएको प्रहरीले बताएको समाचार सिएनएनमा छ ।

प्रतिक्रिया