मेरिल्याण्डमा ३ महिलाहरु माथि गोली प्रहार,दुई जनाको मृत्यु एक गम्भीर घाइते
अमेरिकाको मेरिल्याण्ड राज्यमा ३ महिलाहरू माथि गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन । दुई दिनको अन्तरालमा भएको गोली काण्डमा ३ महिलाहरू सहित ४ जनाको ज्यान गएको प्रहरीले जनाएका छन् ।
साथै कूल २ जनाको गम्भीर अवस्था भएको अस्पताल भर्ना गरिएको छ । प्रिन्स जर्ज काउन्टी प्रहरीले यसको व्यापक अनुसन्धान गरि रहेको छ भने घटना ३ वटा पृथक स्थानमा भएको थियो ।
पहिलो घटना गत शुक्रवार राती १०:५० मिनेटमा पामर पार्क(उद्यान)मा भिलेज ग्रिन ड्राइभमा भएको थियो । प्रहरीका अनुसार प्रहरीहरू त्यहाँ पुग्दा ३ जना महिलाहरूलाई गोली लागेको अवस्थामा फेला पारेका थिए । त्यही समयमा एक जना महिलालाई मृत घोषित गरिएको थियो बहने पछि अर्की महिलाको अस्पतालमा मृत्यु भएको थियो ।
तेश्रो महिलाको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएका छन् । त्यस पछि पुन ल्याण्डओभर स्थित मार्टिन लुथर किङ्ग जुनियर राजमार्गमा एक वयस्क व्यक्तिलाई गोली हानिएको थियो भने उनको घटनास्थल मै मृत्यु भएको थियो ।
त्यसै गरि शनिवार बिहान करिव ३:२५ मिनेटमा चिलम भन्ने स्थानमा एक महिला र पुरुष गाडी भित्र घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् भनि डब्लुटिओपीले समाचार लेखेको छ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया