सोमबार, असोज ४ २०७८
काठमाडौं १३:११
वासिङटन डिसी 03:26

जिपि कोईराला फाउन्डेसन कार्यालय अमेरीकामा विशेष भेटघाट सम्पन्न !

इनेप्लिज २०७८ साउन १७ गते १२:५० मा प्रकाशित

न्युयोर्क,३१ जुलाई २०२१: गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालय वुडसाईड न्युयोर्कमा आज फाउन्डेशनको निमन्त्रणामा फाउन्डेशनका पदाधिकारी सहित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरू र न्युयोर्क सिटी डिस्ट्रिक्ट २५ का सिटी काउन्सिलका प्रत्याशी काउन्सिलमेन शेखर कृष्णन् विच विशेष भेटघाट,छलफल र आगामी कार्ययोजना र आपसी सहयोगका विषयमा विस्तृत छलफल सम्पन्न भयो।

शेखर कृष्णन् लाई विहान १० वजे फाउन्डेशनका अमेरीका च्याप्टर अध्यक्ष सोमनाथ घिमीरे,प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू क्रमशः राजेश आचार्य,प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री तथा नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ,घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमु,युनाईटेड शेर्पा ऐसोसियसन अमेरिकाका उपाध्यक्ष ई.टेम्बा शेर्पा,फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामा, नेका युवा नेता राजु रौनीयारले खादा र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो।

सो स्वागत एवं भेटघाट र छलफल कार्यक्रममा सहभागी भैदिनुभएकोमा आभार व्यक्त गर्दै यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँजस्तो एक लगनशील र जुझारू भारतीय मुलका अमेरीकी डेमोक्रेटिक पार्टीका युवा नेताले न्युयोर्क डिस्ट्रिक्ट-२५ को नेतृत्व गर्ने निश्चित भैसकेको(प्राईमरी जितीसकेको र डेमोक्रेटिक वाहुल्य डिस्ट्रिक्टमा फाईनल निश्चित नै भएको परीवेश)परीवेशमा हामी तमाम नेपाली लगायत सम्पूर्ण दक्षिण एशियाली मुलका अमेरिकीहरु अत्यन्त उत्साहित भएको र वहाँसंग हातेमालो र सहकार्य गर्दै अगाडी वढ्न पाउँदा गौरवान्दीत भएको बताउनुभयो।वहाँले नेपाली लगायत समुदायवासीका विविध समस्या र सो को समाधानको वारेमा अव वहाँको साथ र सहयोगको खाँचो औंल्याउनुभयो।

फाउन्डेशनका कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले वाईडेन सरकारको ईमिग्रेसन निती,टिपिएस,एसाईलम लगायतमा सरकार र माताहातका निकाय समक्ष पिडीतहरूका आवाज वहाँहरूजस्तो जनप्रतीनिधीहरूले पुर्याई शीघ्र समाधानका उपायहरू अवलम्वन गर्न ध्यानाकर्षण गराउनुभयो।त्यसैगरी कार्यसमिति सदस्य ध्रुव क्षेत्री कुँवरले नेपाली लगायत दक्षीण एशीयाली सामुदायिक भवन निर्माणमा लागीपर्न सुझाउनुभयो।कार्यसमिति सदस्य प्रेम क्षेत्री अधिकारीले वहाँको र नेपालीको भावनात्मक सम्बन्ध रहेको र सहकार्य गरी अगाडी बढ्दा आपसी भाईचारा सम्बन्ध अझ मजवुत हुनेमा जोड दिनुभयो।कार्यसमिति सदस्य राजेश आचार्यले यो डिस्ट्रिक्टमा रहेको नेपाली समुदाय विभिन्न भाषा र संस्कृतीका धनी भएका र उनीहरूका आवाज सुनीदिन आग्रह गर्नुभयो।नेपाल भिजन ईन्क अध्यक्ष मोहनकृष्ण श्रेष्ठले यहाँ खुलेका विभिन्न संघसंस्थाहरूले नेपाल र अमेरीकी जनताका आवश्यकता र सहयोगमा केन्द्रीत भै काम गरेको र आईपर्ने विभिन्न समस्या समाधानमा आगामी दिनहरूमा वहाँजस्तो काउन्सिलमेनको अहं भुमीका हुनेमा जोड दिनुभयो।

घ्याल्सुम्दो सेवा समाज अमेरीकाकी अध्यक्ष निमा ल्हमुले नेपाली व्यवसायीहरू कोभिडका कारणले अझैपनी थलीएको, पिपिपि लोन लगायतका सुविधाहरू पाउन समेत कतिपय कारणले अत्यन्त कठिनाई भएको वर्तमान परिस्थितिमा वहाँको सहयोग रहनेमा आफु विश्वस्त रहेको वताउनुभयो। शेर्पा किदुगका उपाध्यक्ष ई. टेम्बा शेर्पाले नेपालीहरू नैतिक र ईमान्दाररूपमा काममा खटिईरहँदा आईपर्ने कतिपय कानुनी लगायत प्रशासनिक अप्ठ्याराहरु लाई सहज ढंगले समाधान खोज्न जरूरी रहेको र सो भुमीका वहाँजस्तो युवा नेताले निभाउनुपर्नेमा जोड दिनुभयो ।फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामाले आफुहरु बहाँजस्तो सवल युवा नेतृत्ववाट उत्साहित भएको र मिलेर अगाडी बढ्ने वताउनुभयो भने युवा नेता राजु रौनीयारले कतिपय ईमिग्रेशनका विषय जटील र झन्झटीलो भएको र समाधानका विषयमा जोड दिन सुझाव दिनुभयो।

आफ्ना भनाईहरू संक्षेपमा राख्दै भावी डिस्ट्रिक्ट-२५ का सिटी काउन्सिलमेन शेखर कृष्णनले आफुलाई कार्यालयमै वोलाई स्वागत एवं न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा फाउन्डेशन परीवारजनमा एवं उपस्थित सबै महानुभावहरूप्रती हार्दिक आभार व्यक्त गर्नुभयो।तपाईंहरूकै माया र भोटले म सिटि काउन्सिल को ढोकामा पुगेको र आगामी साथ र सहयोगमा सिटीहलमा पुगी तपाईंहरूका आवाज वुलन्द गर्नेछु भनी प्रशन्नता व्यक्त गर्नुभयो।वहाँले आगामी दिनहरूमा नेपाल जस्तो माईनरीटी समुदायलाई आईपर्ने जुनसुकै समस्यामा पनि आफु तपाईंहरूसँगै रही समाधान खोज्न लागी पर्नेमा जोड दिनुभयो।वहाँले नेपाल र भारतको घनिष्ठ र भाईचारा सम्बन्धलाई औंल्याउँदै आफु दक्षिण एसियाई मुलुकका आप्रवासीसँग विशेष हातेमालो गर्दै आगामी दिनहरूमा अगाडी बढन ईच्छुक रहेको वताउनुभयो।वहाँले महिनामा कम्तीमा १ पटक नेपाली लगायतका विभिन्न समुदायसँग वैठक गरी आपसी छलफल गर्न आफु तैयार रहेकोमा जोड दिनुभयो। ईमिग्रेशन समस्या,साना व्यापारिक समस्या,विद्यार्थीका समस्या,ट्याक्सी,उवर व्यवसायीका समस्या,संघसँस्था संचालनमा आईपर्ने समस्या,सामुदायिक भवन निर्माण लगायत विविध विषयमा आफु जानकार रहेको र आगामी दिनहरूमा कसरी हुन्छ सहमती र सहकार्य गर्दै ती तमाम समस्या समाधान गर्न म तपाईंहरूसंगै हातेमालो गर्दै अगाडी बढनेछु भनी वहाँले ती दिनहरू प्रतीक्षा गर्न जोड दिनुभयो।

अन्त्यमा वहाँले फाउन्डेशन लगायत नेपाली संघसंस्थाहरुलाई विशेष धन्यवाद दिँदै यस्तो सौहार्दपूर्ण छलफल जुराईदिएकोमा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे प्रति आभार प्रकट गर्नुभयो।

प्रतिक्रिया