सोमबार, माघ १० २०७८
काठमाडौं ०२:२८
वासिङटन डिसी 15:43

अमेरिका दुई हप्तामा औसतमा डेल्टा प्रजातिको कोरोना वृद्धि संगै अस्पताल भर्ना ७३ प्रतिशत तथा संक्रमित दर १४८ प्रतिशत वृद्धि

हरेक दिन ३ सयको हाराहारीमा मृत्यु ,मृत्यु दर १३ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन १७ गते ११:५० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ७८ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । यसै गरि कोरोनाबाट ३ सय ८ जनाको मृत्यु भएको छ । गत शनिबार जुलाई ३१ दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४८ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १२ हजार ९ सय १९ जनाको निधन भएको छ भने दुई हप्तामा १३ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकामा ७ लाख ३५ हजार ६ सय ३६ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ४१ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ४० हजार ६ सय २६ ९३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ७३ प्रतिशतले वृद्धि भएको छ । आइतबार बिहान अगस्त १ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ५० लाख १६ हजार ५ सय ५ सय रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.४ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९६ लाख ६६ हजार १ सय १७ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९.९ प्रतिशत र पूर्ण खोप ८० प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४० करोड ६ लाख ७५ हजार ५ सय २५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकाका टेक्सस ,अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया