बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७८ साउन १७ गते ११:४२ मा प्रकाशित

इटहरी।चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन ।‘केराको थम्बा’ नामको गीत उनले आफ्नै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउँछन्।प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी,कल्पना पाण्डे,प्रतीक श्रेष्ठ,सङ्गीता यादव,कृष्ण सुवेदी,रुविना गहतराज,भरत पोद्दारलगायतको अभिनय छ।
गीतको भिडियो केशव रायमाझीले निर्देशन गरेका हुन्।

लुइँटेलका यस अघीका झापा सुरुंगा,तेरो बाउ थोते,बाँके बर्दिया,ए बाउ किन्देउन भटभटे लगायत दर्जनौं हास्य गीतहरु सर्वाधिक लोकप्रीय भइसकेका छन्।

प्रतिक्रिया