खब,रदार एमसीसी पास गर्ने कुरा कल्पना पनि नगर,आफ्नो आमालाई बेच्ने कुरा गर्छौ ? भन्दै गर्जिए बिदेशमा दुख पाएर फर्किएका एक युवा – भिडियो सहित

इनेप्लिज २०७८ साउन १७ गते ११:३५ मा प्रकाशित

एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरू योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशीबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठूलो दु:खको सामाना गर्नुपर्ने हुन सक्छ।अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ।

एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ।यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ।तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ।

एमसीसीको ५० करोड डलर अनुदान र सरकारको समकारक कोषको १३ करोड डलर गरी ६३ करोड डलरमा ३१२ किमि उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन,३ सबस्टेसन र नेपाल–भारत सीमापार प्रसारण लाइन अनि ९९ किमि सडक स्तरोन्नति हुन लागेको छ।यस्ता सहयोग विगतमा नआएका होइनन्।यसरी नै विदेशीले सहयोग गर्ने तर सहि ठाउँमा सदुपयोग नगर्ने हो भने यस्तो सहयोग नलिदा उपयुक्त हुनेछ।एमसीसी पास भए के होला भनेर पुन्य गौतम र खेम गौतम ले केहि आफ्नो कुरा राखेका छन हेरौ भिडियो

प्रतिक्रिया