वासुदेव लुइँटेल पुरस्कार हाँस्य कलाकार किरण केसीलाई

इनेप्लिज २०७८ साउन १७ गते ११:३० मा प्रकाशित

यसवर्षको वासुदेव लुइँटेल पुरस्कारहाँस्यव्यङ्ग्य क्षेत्रमाआफ्नो चिनारी बनाएकाकलाकार किरण केसीलाई प्रदानगरिने भएको छ।वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७कलाकार केसीलाई दिने घोषणा गरेको हो।गतशुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थितिजनाईसकेकाकेसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ,प्रतीकचिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ।हाँस्यव्यङ्ग्य साहित्य,कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशीलप्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ।

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमाकौवाप्रकाशनखोलेर आफूसहित भैरव अर्याल, दातारामशर्मा,घटोत्कचशर्मा,रामकुमार पाँडे लगायत लेखककाहाँस्यव्यङ्ग्यसम्बन्धीदर्जनौँ पुस्तकप्रकाशन गरेकाथिए।उनैले ०५० सालमावासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदानगर्ने सुरुवात गरेकाथिए।

कलाकारसँगै फिल्मनिर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्महो,लक्काजवान।रिलिजको लागितयार रहेको फिल्मकोरोनाभाइरसको महामारीकाकारण प्रदर्शन हुन् सकेको छैन।यसका साथै उनि पछिल्लो समय विज्ञापन,म्युजिक भिडियो,टेलिफिल्ममाव्यस्त छन्।

किरण केसी:मलाइ यो पुरस्कारले अझै दायित्व थपेको छ।आफ्नो कलाकारिता यात्रामा निरन्तरता दिई रहदा प्राप्त हुने यस किसिमको सम्मान र पुरस्कारले म र म जस्तो कलाकर्मीलाई अवश्य उर्जा थप्छ।आफ्ना अग्रजले प्राप्त गर्दै आइरहेको यो पुरस्कार यसपटक मैले पाउने जानकारी पाएसंगै दंग छु। आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिता मार्फत दर्शकहरुलाई अझै मनोरंजन प्रदान गर्नेछु।

प्रतिक्रिया