सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४४
वासिङटन डिसी 04:59

अमेरिकी पुरुष पौडी टोलीद्वारा टोकियो ओलम्पिकमा बिश्व किर्तिमान,ड्रेसेलले जिते ५ स्वर्ण पदक

इनेप्लिज २०७८ साउन १७ गते ११:२२ मा प्रकाशित

अमेरिकी पुरुष पौडी टोलीले टोकियो ओलम्पिकमा पौडी प्रतियोगितामा बिश्व किर्तिमान कायम गरेका छन् । आइतबार सम्पन्न भएको पौडी प्रतियोगितामा अमेरिकाका प्रख्यात पौडीवाज केलेब ड्रेसेल तथा बबी फिन्क उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

उनीहरुले चार सय मिटरको अन्तिम चरण(फाइनल)मा ४ * १०० मिटरको प्रतियोगितामा किर्तिमान कायम गरेका हुन् । उनीहरुले ३ :२६ :७८ को समयमा किर्तिमान गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

यसै गरि ड्रेसेलले आइतबार सम्म ५ वटा स्वर्ण पदक जितेका छन् भने उनले ५० मिटरको फ्री स्टाइल (खुला शैली)मा २१.०७ सेकन्डमा दुरी पार गर्दै अर्को बिश्व किर्तिमान कायम गर्न सफल भएका छन् ।

उनि एकै ओलम्पिकमा १० मिटर तथा १०० मिटर प्रतियोगिता स्वर्ण पदक जित्ने तेश्रो खेलाडी हुन् । यसै गरि १५ सय मिटरको प्रतियोगितामा रोबर्ट फिन्कले १४:३९:६५ को समयमा पुगी स्वर्ण पदक प्राप्त गरेका छन् \

हाल सम अमेरिकी पौडी टोलीले १९ वटा स्वर्ण पदक हात परेका छन् भने कूल मिलाएर ५२ वटा पदकहरु प्राप्त गरेका छन् ।

प्रतिक्रिया