अमेरिकाको आइसीसी प्रतिनिधि चयन प्रकिया जटिल बन्दै ,कुनै सहमति र संयोजक नतोकिएको खुलासा
बिधानले च्याप्टरहरुलाई समेट्ने बारेमा गरेको व्यवस्थाका कारण अन्यौलता
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आइसीसी डेलिगेट् चयन प्रकृया जटिल बन्दै गएको जानकारी एनआरएनए आइसीसीका क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक वक्तव्य मार्फत जनाएका छन् । यस विषयमा कुनै सहमति र संयोजक नतोकिएको खुलासा त्रिपाठीले गरेका छन् ।
उनले वक्तव्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आइसीसी डेलिगेट्(प्रतिनिधि) चयन प्रकृया जटिल बनिरहेको कुरा अमेरिकाका गैर आवासीय नेपाली समुदायलाई जानकारी भएको सर्वबिदितै छ भने स्मरण गरेका छन् ।
उनले आइसीसीको बिधान अनुसार २५ प्रतिशत प्रतिनिधि खुल्ला निर्वाचनको माध्यमबाट चयन गरिने भनि स्पस्ट उल्लेख गरिएको भएता पनि एनसीसी अमेरिकाको बिधानले शाखाहरुलाई समेट्ने बारेमा गरेको व्यवस्थाका कारण अन्यौलता थपिएको बताएका छन ।
आइसीसी डेलिगेट् चयन प्रकृया नितान्त अन्तर्राष्ट्रियको बिधानले व्यवस्था गरे बमोजिम हुने भएता पनि अमेरिकाको सन्दर्भमा च्याप्टरलाइ वेवास्ता गर्न हुदैन भन्ने तर्क कमजोर छैन भनि सबैको ध्यानाकर्षण गराएका छन् ।
तसर्थ यो जटिलतालाई कसरी हल गर्न भनि बैठकको आयोजना गरेको समेत उल्लेख गरेका छन् । उक्त बैठकमा आइसीसी उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, डि आरसी राम पोखरेल, महिला आरसी उमा कार्की थापा तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धीसागर सुबेदीको उपस्थिति रहेको जनाएका छन् ।
उक्त बैठकमा आइसीसी विधानको मर्म पनि बच्ने र च्याप्टरलाई पनि समेट्न सकिने विभिन्न विकल्पहरूमा छलफल गरेको उनले जनाएका छन । उपस्थित जिम्मेवार पदाधिकारिहरूले महत्वपुर्ण सुझावहरू दिएको तर हालसम्म कुनै निष्कर्ष निस्कि नसकेको स्पष्ट पारेका छन् ।
उनले बाहिर संचार माध्यममा “सहमति भयो, संयोजक तोकियो” भन्ने कुरा सत्य नभएको पुष्टि गरेका छन् । त्रिपाठीले यस विषयमा समस्त अमेरिकाबासी एनआरएनहरुको सल्लाह, सुझाव एवं एनआरएनएको मूल मर्म अनुकूल नै समाधान निस्कने कुरामा बिश्वस्त रहेको जानकारी गराउन चाहेको बताएका छन् ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया