सोमबार, असोज ४ २०७८
काठमाडौं १३:३७
वासिङटन डिसी 03:52

युवाको शव नेपाल पठाउने तयारी

इनेप्लिज २०७८ साउन १६ गते १८:२५ मा प्रकाशित

अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको छ।घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको थियो।केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो।पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका आउनु भएको हो।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ।उहाँको आत्माको चीर शान्तिको कामना गदछौं।शोक सन्तप्त परिवारमा हार्दिक समवेदना।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ।विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाई दिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको छ।परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी,मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी,न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ।एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ।

https://www.gofundme.com/f/funeral-for-late-bipin-lamsal?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR13T6eMmZojZts2oKKMlXa7OLYvrd8AXe3_EYpO6vE0UIhJ6Z1199t2tQM

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०७–३१–२०२१

 

प्रतिक्रिया