प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

इनेप्लिज २०७८ साउन १६ गते १७:१३ मा प्रकाशित


विराटनगर,१६ साउन।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८०४ जनामा कोरोना सङ्क्रमण भएको छ।सो अवधिमा एक हजार २६ जनाको पिसीआर परीक्षण गर्दा २९९ र एक हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४ मध्ये विराटनगरमा ४३,झापामा ६९,धनकुटामा नौ,उदयपुरमा तीन, इलाममा दुई,पाँचथर,तेह्रथुम र संखुवासभामा एकएक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ।

प्रदेशमा आज ४३१ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्।सङ्क्रमण मुक्त्त हुनेमा २१५ महिला र २१६ पुरुष छन्।सोही अवधिमा यसैकारण छ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दुई महिला र चार पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया