लघुकथा -अन्तिम भेट

मोहन आचार्य जलद २०७८ साउन १६ गते १६:२१ मा प्रकाशित

किशन बाहिर निस्कँदै छ उस्लाई सम्झाउँ न रूपा ! किन नसुनेकी ? ‘ रुपेशले केही धम्काउँदै भन्छ सुनेकी छु हजुरका बाबु छोराले मलाई अचानोको मासु बनाउनु भएको छ कहिले छोराले घुर्की सुनाउँछ कहिले हजुरको ब्यबहारले म आजित र थकित भएकी छु यो घर मा खुट्टा टेके पछि कहिल्यै शान्ति पाएकी छैन नन्द आमाज्यू र सासुको पिरलो बाट मुक्ति पाए पछि किशन जन्मियो ऊ झन जब्बर बनेर निस्कियो घरको भूमिका निभाएको पनि वर्षौं भयोे चाड पर्व आउँछन् माइती घरबाट बोलावट आउँदा पनि जान नपाउँदाकाे पीडा त छँदैछ आमा बाबा को मुख हेर्न पनि दशै कुर्नु पर्ने ?

“कति गुनासो यो रूपा ? यस्ता मान्छेले विबाह नगरी बस्नु नि।पारिवारिक बोझ त होई हाल्छ नि ! आज कसोरी हुन्छ सम्झाउनु आफनो छोरालाई ऊ अलिक अटेर गरेको छ।हिजो छिमेकीकाे छोरीसंग हिमचिम गर्दै थियो।उमेर पनि भयो। हिउँदमा विबाह गरेपछि बल्ल मेरो जिम्मेवारी कम हुने थियो “_रपेशले
बल्ल होश खुल्यो हजुरकाे ? किशनले आमा बुवाको छेडछाड सुनेर ऊ गम्भीर भयो।आफनो विगत सम्झ्यो आमाको माया लाई सम्झ्यो बाबुले आफ्नी लागि गरेकाे जिम्मेवारी सम्झ्यो । उसलाई रात भरी निन्द्रा लागेन धेरै सोच्यो

अब मैले जीवनमा केही गर्नु छ आमा बाबाको बीचमा रहेको गुनासोको कारण मै हुँ म नभए दुबैले शान्ति पाउनु हुनेछ आफ्नी कोठामा बसेर धेरै सोच्यो आफ्नी केटी साथीलाई फोन गर्यो र भन्यो रमा के तिमीले मलाई केही आर्थिक सहयोग गर्न सक्छ्यौ ?

रमा विना हिचकचाहट भनी हुन्छ किन नहुनु भन किशन म तिम्रै हुँ तिम्रै लागी बाँच्ने मर्ने छु मेरो सम्पूर्ण कागजात तयार छ म युरोप काे लागि निस्कदै छु आशा छ पक्कै तिमीले मलाई केही आर्थिक सहयोग पुराउने छ्यौ।

रमा धेरै बेर फोनमा रोकिएर भनी अवश्य म भोलि बिहान भेटेर तिम्राे समस्या हल गर्दिन्छु पछि अन्यथा नगर्नु नि फेरि।आफनो जीवनमा आमाबाबालाई दुख्ख र पिडा दिए गरेका कुरा डायरीमा मार्मिक कुरा लेख्यो आफूलाई नबुझेको गुनासो पनि लेख्यो ताकि आमा बाबालाई केही समय आत्मग्लानी रहोस्अचानक आमा बाबालाई ढोगगर्दै भन्यो हजुरलाई धेरै दुःख कष्ट दिएँ म अब घर छोड़ेर जाँदैछु मेरो कारण हजुरलाइ धेरै सन्ताप भएको पाएँ आमाबाबुको काखलाई छोडेर जानु मेरोपनि चाहनाहोइन ब्यबहारले देखाएपछि छोराको मनलेमानेन अत्यन्त मार्मिक रुपले ऊ आफ्नो मर्म व्यक्त गर्यौ ‘ जा जा धेरै घुर्की नला तैंले आफ्नो बाटो लागेकै बेश ” रूपेशले रिसाउँदै भने रुपाको आँखा रसाए आमाको मन न हो पग्ली हाल्छ चुपचाप हेरी रहिन ल म हिँडे मेरो खोजी नगर्नु होला बाचे फर्कुला यो नै अन्तिम भेट हुन सक्छ किशन ले भाबुक हुदै आफ्नो बाटो लाग्याे समय बित्दै गयो रुपेशले बल्ल सम्झियो यत्रो वर्ष कहाँ हरायो हाेला मेरो कस्तो सुद्दी ? रूपा पनि रुपेशको घुर्की सहन नसकेर माइत गएको महिनौँ बित्यो ऊ जान सकेको छैन लाचार छ आज बिहान रूपेश एकोहोरो भएर पत्रिका हेर्दै थियो उसको फोनको घण्टी बज्यो फोन किशन कै थियों उसको गला अवरुद्ध भयोे फोनमा स्पेनबाट छोरा किशन बोली रहेको थियो रुपेश अलमलमा थियो जाने बेलामा भनेका ती तिखा वचन सम्झियो यत्ति मात्र भन्यो -_बाबु तेरो मुख हेर्ने धेरै धोको छ छिट्टो आइज है !

कोरोना को कारण ऊ केही समय रोकिए पछि नेपाल आउने सोच बनाउँछ

मोहन आचार्य जलद
लन्डन बेलायत
३१ जुलाई २०२१
मलाई दुखायो यो कथाले

प्रतिक्रिया