आज २०७८ साउन १६ गते डालो रेस्टुरेन्ट,अनामनगर, काठमाडौँमा साहित्यिक पत्रकार संघले कथाकार शशी थापा पण्डितको कथाकृति “उठ तिलोत्तमा”को विशेष परिचर्चा कार्यक्रम सम्पन्न गर्यो।
वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको थियो।
“उठ तिलोत्तमा”को विशेष परिचर्चा कार्यक्रममा सो पुस्तकबारे साहित्यकारहरु श्रीॐ श्रेष्ठ रोदन, नयनराज पाण्डे र डा. सावित्री मल्ल कक्षपतिले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
सोही कार्यक्रममा प्रमुख अतिथि पुष्कर लोहनी,अध्यक्ष राधेश्याम लेकाली,कथाकार शशी थापा पण्डित र सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा कथाकार शशी थापा पण्डितलाई सम्मान पनि गरिएको थियो।कार्यक्रममा साहित्यकारहरु नेत्र एटम, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत,साहित्यकारहरु महेश प्रसाईं,प्रतीक ढकाल,रामप्रसाद पन्त,डा.शान्ति गिरि,लव गाउले,ठाकुर वेलबासे,यादव भट्टराई,दिपक लोहनी,प्रकाश घायल,मन्दिरा मधुश्री,इलु शर्मा,रुपा पौडेलराजु बस्नेत,सुमन बैरागी,तीर्थ थापालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया