सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४९
वासिङटन डिसी 05:04

अमेरिकामा १६ करोड ४१ लाखले पूर्ण खोप लगाए ,एकै दिनमा कोरोनाबाट ७७ हजार संक्रमित, ३०१ जनाको निधन

संक्रमण दर १५० प्रतिशत तथा मृत्यु दर १० प्रतिशत उकालो लाग्दै

इनेप्लिज २०७८ साउन १६ गते ११:०१ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ७७ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । त्यस्तै गरि कोरोनाबाट ३ सय १ जनाको मृत्यु भएको छ । गत शुक्रबार जुलाई ३० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो । विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १५० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १२ हजार ७ सय ७५ जनाको निधन भएको छ भने दुई हप्तामा १० प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका ५० वटै राज्यमा डेल्टा प्रजातिको कोरोको वृद्धि भएको छ भने टेक्सस ,अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।अमेरिकामा ७ लाख ३५ हजार ६ सय ३६ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ४१ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ३९ हजार ३ सय सय ९३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ७४ प्रतिशतले वृद्धि भएको छ । शनिबार बिहान जुलाई ३१ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४९ लाख ८६ हजार ८१ सय रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९.६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.४ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९६ लाख ५२ हजार ३८ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९.८ प्रतिशत र पूर्ण खोप ८० प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ९० लाख ९० हजार १ सय ५ खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया