सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१०
वासिङटन डिसी 03:25

मेरिल्याण्ड बाल्टिमोरमा दुई बच्चाहरु गाडी भित्र मृत अवस्थामा फेला परे पछि महिला गिरफ्तार

इनेप्लिज २०७८ साउन १६ गते २:३१ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा दुई बच्चाहरु गाडी भित्र मृत अवस्थामा फेला परे पछि एक महिलालाई गिरफ्तार गरिएको बाल्टिमोर प्रहरीले जनाएका छन् । ३३ बर्षिय महिलालाई पक्राउ गरिनुको साथै उनलाई अभियोग लगाईएको छ ।

प्रहरीका अनुसार उक्त महिलाका भतिजी तथा भतिजालाई गाडी रोक्ने क्रममा मृत अवस्थामा फेला पारेका थिए । उक्त घटना गत जुलाई २८ का दिन बुधवार राती भएको हो । प्रहरीले सार्वजनिक गरेको छापा बिज्ञप्तिका अनुसार राती ११ बजे उक्त सवारी साधनलाई एसेक्स शहरको वागनर्स मार्गमा रोकिदा बच्चाहरू मृत अवस्थामा पाइएका थिए भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको थियो ।

प्रहरीको वक्तव्य अनुसार दुवै जना सहोदर दिदी भाई रहेका थिए । निकोल जोन्सन उनीहरुका काकी हुन् । जोन्सनलाई प्रथम श्रेणीको बाल शोषणको अभियोग लगाइएको छ ।

प्रहरीले चालकलाई हिरासतमा लिएको छ भने शवलाई चिकित्सा जाँच गर्ने कार्यालयमा शव परीक्षणको लागि लागिएको छ । प्रहरी अनुसन्धानकर्ताहरुले यसको निरन्तर अनुसन्धान गरि रहेको जनाएका छन् ।

प्रहरीका अनुसार मृतकहरूमा ७ बर्षिय जोशील जोन्सन तथा ५ वर्षीय ल्यारी ओ निल रहेको पुष्टि भएको छ । बाल्टीमोर काउन्टीका प्रहरी प्रमुख मेलिसा हयातले “आज राति सम्पूर्ण बाल्टीमोर काउन्टी प्रहरी विभाग दुई निर्दोष बच्चाहरूको अवर्णनीय मृत्युको कारण समुदायले शोक व्यक्त गरेको छ। “यस क्रूर अपराधको अनुसन्धान रोकिने छैन जब सम्म जिम्मेवार व्यक्तिलाई अदालतमा कठघरामा ल्याईदैन ।” भनेकी थिइन् ।

उनले गरेको प्रतिवद्धता अनुसार प्रहरीले दोषीलाई पक्राउ गर्न सफल भएका छन् ।

प्रतिक्रिया