गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका च्याप्टरहरुमा पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने

इनेप्लिज २०७८ साउन १६ गते २:०९ मा प्रकाशित


गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका च्याप्टरहरुमा पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ।

यसै क्रममा एनआरएनए अमेरिका भर्जिनिया च्याप्टरले जुलाई २३ तारिख शुक्रवार पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ ।अध्यक्ष बुद्धि सागर सुवेदीको प्रमुख आतिथ्यतामा भएको पद तथा गोपनीयताको शपथ तथा पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित कमिटिका पदाधिकारी र सदस्यहरूलाई प्रमुख निर्वाचन आयुक्त विश्व बराल र आयुक्त वासु फुलाराले प्रमाणपत्र प्रदान गर्नु भयो।प्रमाणपत्र प्राप्त गर्नुहुनेमा च्याप्टर अध्यक्ष सुबोध रेग्मी, उपाध्यक्ष राजन घिमिरे, सचिव रोशन कैनी,सहसचिव राधा पौडेल,कोषाध्यक्ष जगत सुवेदी महिला संयोजक मन थापा,युवा संयोजक विशाल कार्की,सदस्यहरू भवन खतिवडा,गेहेन्द्र पोखरेल,प्रमेश श्रेष्ठ,र ओनाशीष जोशी हुनुहुन्छ।

नव निर्वाचित समितिलाई एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी,वरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्त,महासचिव अन्जन कुमार चौलागाई,सचिव अनुप खनाल,प्रवक्ता तोया दाहाल,बोर्ड सदस्य डोलनाथ घिमिरे,निवर्तमान अध्यक्ष कृष्ण सादगीले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनु भयो।

नेजाका क्षेत्रीय संयोजक गोकुल ढकाल,सदस्य निदेश अधिकारी,नेपाली जनसम्पर्क समितिका उपसभापति केशव बराल,लगायतका सङ्घ संस्थाका प्रतिनिधिले बधाई तथा शुभकामना दिनु भयो।

रूप कार्की फाउण्डेशनलाई आर्थिक सहयोग

स्वर्ण पदक विजेता खेलाडी एनआरएनए अमेरिकाका सदस्य स्वर्गीय रूप कार्कीको स्मृतिमा निर्माण गरिएको फाउन्डेशनलाई ५ हजार डलर हस्तान्तरण गरिएको छ।अध्यक्ष बुद्धि सागर सुवेदीले फाउण्डेशनको लागि रूप कार्कीकी श्रीमती शोभा कार्की र चन्द्र लामालाई ५ हजार डलरको चेक हस्तान्तरण गर्नु भयो ।रूप कार्की अन्तराष्ट्रिय भारोत्तोलन प्रतिस्पर्धामा दुई पटक स्वर्ण पदक विजेता हुनुहुन्थ्यो।अमेरिकामा बस्दै आउनु भएका कार्की नेपालको खेलकुद क्षेत्रको विकासका लागि सक्रिय हुनुहुन्थ्यो।एनआरएनए अमेरिकाले रूप कार्कीको स्मरणमा रनिङ शील्डको आयोजना गर्ने निर्णय गरिसकेको छ।

पेन्सिलभेनिया च्याप्टर

त्यस्तै गैर आवासीय नेपाली सङ्घ पेन्सिलभेनिया च्याप्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।जुलाई २५ तारिख २०२१ आइतबार एक समारोहका बिच एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्तको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ कार्यक्रम आयोजना भयो।

पेन्सिलभेनिया राज्यमा पहिलो पटक च्याप्टर गठन भएको हो । च्याप्टर अध्यक्षमा सुभाषकुमार वैठा,उपाध्यक्ष सरिता लामा, सचिव रमेश लामिछाने,सहसचिव नारायण बास्तोला,युवा संयोजकमा सलिम गर्वुजा,कार्यसमिति सदस्यहरू तेज प्रसाद पन्थी,समुन्द्र कार्की, माधव पोखरेल, पूर्ण लम्साल, सुवाश विष्ट र रविन पाख्रिन हुनुहुन्छ।आइतबारबाट नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ।

ओरेगन च्याप्टर

गैर आवासीय नेपाली सङ्घ अमेरिका ओरेगन च्याप्टरमा नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । जुलाई २४ तारिख २०२१ शनिवार आयोजित पद तथा गोपनीयताको शपथ र पदभार ग्रहणको कार्यक्रममा सङ्घका अध्यक्ष बुद्धि सागर सुवेदी प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो । च्यापटर अध्यक्ष लक्ष्मण दर्लामीले एनआरएनए अमेरिकाको न्यु योर्क अधिवेशनमा अध्यक्ष बुद्धि सागर सुवेदीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।दर्लामीले बाकी पदाधिकारी र सदस्यहरूलाई शपथ गराउनु भयो।कार्यक्रममा उपाध्यक्ष गोपेन्द्र भट्टराई, महासचिव अन्जन कुमार चौलागाई, सचिव अनुप खनाल, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, निवर्तमान अध्यक्ष दयारत्न शाक्यले नवनिर्वाचित समितिलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिनु भयो।

ओरेगन च्याप्टरमा अध्यक्ष लक्ष्मण दर्लामी,उपाध्यक्ष निरन्जन श्रेष्ठ,सचिव आलिशा कार्की मिचेल,कोषाध्यक्ष कमल कुमार श्रेष्ठ,महिला संयोजक सेल्बा ताम्राकार कार्यसमिति सदस्यहरूमा बिरेन्द्र थापा,चन्द्रप्रसाद अंगाइ,जाङ्बु शेर्पा,किरण अधिकारी, तारा अधिकारी कार्की, पदमजंग थापा हुनुहुन्छ।

पत्रकारका लागि फेलोसिप

उत्तर अमेरिका क्षेत्रमा रहेका पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको सातौँ अधिवेशन तथा १४ औँ साधारण सभाको उद्घाटन सत्रलाई जुलाई २४ तारिख २०२१ शनिवार एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले संवोधन गर्नु भयो।अध्यक्ष सुवेदीले पत्रकारहरूको सिप र क्षमता विकासका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ।यसका लागि प्रत्येक दुई वर्षमा पत्रकारलाई नेजा मार्फत दुई हजार डलरको लेखनबृत्ति प्रदान गर्ने घोषणा गर्नु भयो।यसको कार्यविधि, प्रक्रिया र मापदण्ड बनाएर दुई संस्था बिचमा सहमति गर्दै लेखनबृत्तिलाई निरन्तरता दिने उल्लेख गर्नु भयो।अध्यक्ष बुद्धि सागर सुवेदीको यो घोषणालाई पत्रकारहरूले एनआरएनए अमेरिकाको सह्रानीय काम भनेका छन्।

तोया दाहाल
प्रवक्ता एनआरएनए अमेरिका
मिति जुलाई ३०–२०२१

प्रतिक्रिया