प्रदेश १ मा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ साउन १५ गते २३:०५ मा प्रकाशित

विराटनगर, १५ साउन।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

हिजो सोही अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो।आज थपिएका सङ्क्रमितहरुमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५,सुनसरीमा १८७,झापामा १५७,इलाम र धनकुटामा १६÷१६, उदयपुरमा चार,खोटाङ र संखुवासभामा दुई÷दुई,ताप्लेजुङ र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ।

सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त्त भएका छन्। सङ्क्रमणमुक्त्त हुनेमा २२८ महिला र १६९ पुरुष छन्।प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ।

प्रतिक्रिया