सोमबार, असोज ४ २०७८
काठमाडौं १४:२१
वासिङटन डिसी 04:36

बाल्टिमोरमा प्रहरीले गाडी रोके पछि दुई बच्चाहरु गाडी भित्र मृत अवस्थामा फेला ,चालक प्रकाउ

इनेप्लिज २०७८ साउन १५ गते ११:२० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा प्रहरीले सवारी साधनलाई रोके पछि दुई बच्चाहरु गाडी भित्र मृत अवस्थामा फेला परेको जनाएका छन । यसै सिलसिलामा चालकलाई प्रकाउ गरिएको बाल्टिमोर काउन्टी प्रहरीले जनाएका छन् ।

उक्त घटना गत जुलाई २८ का दिन बुधबार राती भएको हो । प्रहरीले सार्वजनिक गरेको छापा बिज्ञप्तिका अनुसार राती ११ बजे उक्त सवारी साधनलाई एसेक्स शहरको वागनर्स मार्गमा रोकिदा बच्चाहरु मृत अवस्थामा पाइएका थिए भनि एनबिसी वाशिंगटन डटकमले समाचारमा उल्लेख गरेको छ ।

चालकमा हिरासतमा लिइएको छ भने भने शवलाई चिकित्सा जाँच गर्ने कार्यालयमा शव परीक्षणको लागि लागिएको छ । प्रहरी अनुसन्धानकर्ताहरुले यसको निरन्तर अनुसन्धान गरि रहेका छन् ।

प्रहरीका अनुसार मृतकहरुमा ७ बर्षिय जोशील जोन्सन तथा ५ बर्षिय ल्यारी ओ निल रहेको पुष्टि भएको छ । बाल्टीमोर काउन्टीका प्रहरी प्रमुख मेलिसा हयातले “आज राति सम्पूर्ण बाल्टीमोर काउन्टी प्रहरी विभाग दुई निर्दोष बच्चाहरुको अवर्णनीय मृत्युको कारण समुदायले शोक व्यक्त गरेको छ। “यस क्रूर अपराधको अनुसन्धान रोकिने छैन जब सम्म जिम्मेवार व्यक्तिलाई अदालतमा कठघरामा ल्याईदैन ।” भनिन ।

प्रतिक्रिया