सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४२
वासिङटन डिसी 04:57

अमेरिकामा दुई हप्तामा औसतमा कोरोनाबाट अस्पताल भर्ना हुने दर ७६ प्रतिशत तथा संक्रमण दर १५१ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन १५ गते १०:४७ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ७१ हजार ६ सय २१ जना संक्रमित भएका छन् । यसी गरि कोरोनाबाट ३ सय २१ जनाको मृत्यु भएको छ । गत बिहिबार जुलाई २९ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १५१ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १२ हजार ९८ जनाको निधन भएको छ भने दुई हप्तामा १५ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका ५० वटै राज्यमा डेल्टा प्रजातिको कोरोको वृद्धि भएको छ भने अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।

अमेरिकामा ७ लाख ३५ हजार ६ सय ३६ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ४१ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ३८ हजार ५ सय सय ७३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ७६ प्रतिशतले वृद्धि भएको छ । शुक्रवार बिहान जुलाई ३० का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४८ लाख ६१ हजार ५ सय १ रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९.४ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.३ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९६ लाख २६ हजार ७ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९.७ प्रतिशत र पूर्ण खोप ७९.९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ८४ लाख ६४ हजार ६ सय २५ खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया