शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

छाया भेटाइदेउ सार्वजनिक भिडियो सहित

इनेप्लिज २०७८ साउन १५ गते १०:१५ मा प्रकाशित

 

नेपाली सुगम संगीत बजारमा आज नेपाली संगीतका अदृस्य संगीतकार तथा गायक प्रभावन जे को शब्द संगीत र प्रस्तुति मा अलिफ खानको आवाज मा सजिएको छाया भेटाइदेउ बोलको गित सार्वजनिक भएको छ।गीतको भिडियो मा अलिफ खान संगै चर्चित संगीतकारहरु सन्जिब बराइली, गोपाल घतानी,भुवन गन्धर्व,र मनिष गन्धर्व को साथ रहेको छ।यस गित को संगीत संयोजन प्रभावन जे कै रहेको छ भने सन्जिब बराइली ले गितार,गोपाल घतानी ले बासुरी,भुवन गन्धर्व ले ढोलक,तबला,डफ आदि रिदम को कार्य गरेका छन् भने युवा सारंगी बादक मनिष गन्धर्व ले सारंगी को आवाज भरेका छन्।

डि ए आर मुभिज अफिसिअल च्यानल बाट बजार मा आएको गित को रेकर्ड एक्शन स्टुडियो नेपाल मा भएको हो,मिक्सिंग मस्टेरिंग गोबिन्द सोनी को रहेको छ। भिडियो को छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं को रहेको भिडियो को सम्पादन कृष्ण गौतम ले गरेका छन् भने भिडियो को निर्देशन प्रभावन जे स्वयं ले गरेका छन्
भिडियो हेर्नुस।

 

प्रतिक्रिया