लकडाउनपछी भर्जिनियामा पहिलो बनभोज : गुरुङ समाज ( तमु धीं ) भर्जिनियाको आयोजनामा सम्पन्न
कोरोना महामारीले गर्दा संघ संस्थाहरुको सार्बजनिक कार्यक्रम आयोजना हुन नसकेको करिब डेढ बर्षमा भर्जिनियामा पहिलोपटक नेपालीहरुको बनभोज कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ।
गुरुङ समुदायको संस्था ” तमु धीं भर्जिनिया ” को आयोजनामा यही जुलाई २८ तारिक बुधबारका दिन भर्जिनियाको वुडब्रिज स्थित पोटोम्याक नदीको किनारमा अवस्थित बडो मनोरम लेजलीभानिया स्टेट पार्कमा लकडाउनपछी भर्जिनियामा पहिलो बनभोज सम्पन्न भएको हो।बनभोजको शुरुमा आयोजक संस्था ” तमु धीं भर्जिनिया ” का अध्यक्ष नन्द गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
तिलक गुरुङ र चन्द्र कुमारी गुरुङको संयोजनमा याँगचुङ्ग गुरुङ (हिराचन) लगायतका गुरुङ महिलाहरुले तयार पारेको सेलरोटी,मटनकरी,चिकनकरी बहुतै स्वादिस्ट थियो।अमेरिकामै जन्मेका गुरुङ बालबालिकाहरु र बयस्कहरुको म्युजिकल चेयर ,लठो तान्ने ,ठेलो हान्ने लगायतका खेलहरु र बिन्तीकुमार गुरुङको संयोजनमा गुरुङ युबा, युवतीहरुको नृत्यहरु आकर्षक थिए।
कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष नन्द गुरुङले – गत: हप्ता मात्रै नेपाल सरकारबाट नियुक्त रास्ट्रिय योजना आयोगका माननीय सदस्य डा० दिल बहादुर गुरुङलाई अमेरिकाबासी गुरुङ समुदायको तर्फबाट बधाई दिएका थिए।
कामको दिन बुधबार आयोजना गरिएको बनभोजमा पनि करिब दुई सय जती गुरुङहरु उपस्थित उक्त बनभोज भर्जिनियामा कोरोना महामारी पछीको सबैभन्दा ठुलो कार्यक्रम हो।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया