सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०४
वासिङटन डिसी 03:19

बाइडेनले कोभिड-१९ खोपलाई प्रोत्साहन गर्ने उपायहरूको घोषणा

खोप लगाउनेलाई १०० अमेरिकी डलर प्रदान गर्ने

इनेप्लिज २०७८ साउन १५ गते १:१८ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले कोभिड-१९ बिरुद्ध खोपलाई प्रोत्साहन गर्ने उपायहरूको घोषणा गरेका छन् ।

उनले बिहीबार जुलाई २९ का दिन आफ्नो प्रशासनले थप अमेरिकीहरूलाई खोप दिने र कोरोना भाइरसको फैलावटलाई कम गर्नको लागी चाल्ने नयाँ कदम चालेको घोषणा गरेका छन ।

र ,यसमा सबै संघीय कर्मचारीहरूले कोभिड-१९ बिरूद्ध खोप लिनु पर्ने प्रमाणित गर्नु पर्ने वा कडाईको सामना गर्नु पर्छ भन्ने समेत समावेश छ। दैनिक रुपमा अमेरिकामा कोभिड-१९ बाट अस्पतालमा भर्ना हुने र मृत्यु दर वृद्धि भएको छ । साथै अधिकांश खोप नलगाएको कारण संक्रमित बढेको छ ।

“यो अमेरिकी दुर्भाग्य हो। मानिसहरू मरि रहेका छन – र अझ मर्नेछन् – जो नमर्ने पनि मरि रहेका छन् ,उनले भने ।

“समाचार पढ्नुहोस्। तपाईले अस्पतालहरूमा नचिनेका बिरामीहरूको कथाहरू देख्न या हेर्न सक्नु हुनेछ । कोभिड-१९ बाट तिनीहरू ओछ्यानमा पल्टिरहेका छन् । उनीहरूले ओछ्यानबाटै चिकित्सक के म खोप लिन सक्छु?’ चिकित्सकहरूले जवाफमा ‘माफ गर्नुहोस्, धेरै विलम्ब भयो।’ भनि जवाफ दिई रहेको बाइडेनले स्मरण गराए ।

राष्ट्रपतिले स्पष्ट रूपमा तर्क गरे कि यदि तपाइले खोप लिनु भएको छैन भने तपाई आफैंलाई, तपाईको परिवारलाई र जो संग तपाइँ काम गर्नु हुन्छ उनीहरुलाई समस्यामा पार्नु हुन्छ ,उनले भने ।

उनले प्रत्येक संघीय सरकारी कर्मचारी र ठेकेदारलाई उनीहरूको खोप स्थितिको प्रमाणीकरण गर्न आग्रह गरिनेछ भने ।

खोप नलिएका कर्मचारीहरूलाई काममा मुखावरण (मास्क)लगाउनु पर्छ चाहे जुनसुकै उनीहरूको भौगोलिक स्थानमा होस् त्यसले फरक पर्दैन, अरु सबै कर्मचारी र आगन्तुकहरुबाट सामाजिक दूरी कायमै राख्ने जनाए ।

साप्ताहिक वा पाक्षिक रुपमा परीक्षणको आवश्यकताको पालना गर्ने र संघीय आधिकारिक यात्रा गर्न पनि प्रतिवन्ध हुने जनाए । संघीय कर्मचारीलाई खोप लिनै पर्ने अनिवार्य होइन। खोप नलगाएका अधिकांश संघीय कर्मचारीहरूले आफ्नो जागिर गुमाउने छैनन भनि सीएनएनले प्रथम समाचार प्रकाशित गरेको छ ।

अन्य प्रयासहरूमा प्रशासनले बिहीबार खोपलाई प्रोत्साहित गर्न शुरू गरेको छ । जसले आफू र उनीहरूका परिवारका सदस्यहरूलाई खोप लिनका लागि समय निकाल्ने कर्मचारीहरूको लागि भुक्तानी बिदा विस्तार गर्ने काम पनि समावेश पनि गर्ने जनाएको छ ।

साथै खोप लगाउनेलाई १०० अमेरिकी डलर प्रदान गर्ने समेत सिएनएनले उल्लेख गरेको छ ।

“मलाई थाहा छ कि व्यक्तिलाई खोप लगाउन पैसा दिने व्यक्तिलाई अनुचित लाग्न सक्छ जो पहिले नै खोप लगाइसकेका थिए। तर यहाँ सम्झौता छ: यदि प्रोत्साहनले हामीलाई यो भाइरसलाई परास्त गर्न गर्दछ भने, हामी विश्वास गर्दछौं कि हामीले ती प्रयोग गर्नुपर्दछ। हामी सबैले लाभ उठाउनुपर्दछ,” बाइडेनले भने।

प्रतिक्रिया