सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१५
वासिङटन डिसी 04:30

टोकियो ओलम्पिकमा अमेरिकाकी सुनिसा लीले बाहु व्यायाम एकल चौतर्फीमा जितिन स्वर्ण पदक

इनेप्लिज २०७८ साउन १५ गते ०:२९ मा प्रकाशित

जापानको टोकियोमा भै रहेको ओलम्पिक प्रतियोगितामा अमेरिकाकी सुनिसा लीले बाहु व्यायाम एकल चौतर्फी (अर्थात् इनडिभीजुअल जिम्नास्टिक अल अराउण्ड )मा स्वर्ण पदक जितेकी छिन ।

यो स्वर्ण पदक संगै यो प्रतियोगितामा अमेरिकाले बिगतका पाँच वटा ओलम्पिक खेलमा स्वर्ण पदक हात पारेको छ । सन् २००४ मा कार्ली प्याटर्सन,नासियालुकिन २००८ ,ग्याबी डग्लस २०१२ तथा २०१६ मा सिमोन बाइल्सले जितेका थिए ।

टोकियो प्रतियोगितामा पनि सिमोन बाइल्स सहभागिता जनाएकी छिन् तर आफ्नी मानसिक स्वास्थ्यको कारण उनले अचानक खेल्न नसक्ने भने पछि सबैलाई आस्चर्य बनाई दिएकी थिइन् ।

उनि तोकियो मै छिन । र उनले सामाजिक संजाल मार्फत आफू सहभागिता नभएता पनि आफ्ना साथीहरुले जितुन र शुभकामना दिएकी थिइन् । १८ बर्षिय मीनेसोटामा बस्छिन । उनले गत मंगलबार अमेरिकी टोलीबाट रजत पदक जितेकी थिइन् भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

उनले अत्यन्तै राम्रो प्रदर्शन गरि बिजयी हासिल गरेकी हुन् ।

प्रतिक्रिया