डिसीमा चमेनागृह तथा भोजनालयमा जुलाई ३१ शनिवार देखि मुखावरण अनिवार्य लगाउनु पर्ने
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आगामी जुलाई ३१ शनिवारका दिन देखि इन्डोर्स अर्थात् चमेनागृह तथा भोजनालयमा अनिवार्य रुपमा मुखावरण (मास्क )लगाउनु पर्ने भएको छ । जुलाई ३१ का दिन देखि २ बर्ष भन्दा माथिका सबैले अन्तरंग(इन्डोर्स)लगाउन डिसी महानगर पालिकाकी नगर प्रमुख म्युरिएल बाउजरले बिहिबार घोषणा गरेकी हुन् ।
दुवै खोप या पूर्ण खोप लगाएता पनि लगाउनु पर्ने भएको छ । आगामी शनिवार बिहान ५ बजे देखि उक्त आदेश /नियम लागु हुनेछ । डिसीका स्वास्थ्य निर्देशक डा लाक्वान्ड्रा नेसबिटले अन्य राज्यहरु जस्तै कोभिड-१९ को वृद्धि भएकोले उक्त कदम गरिएको बताइन ।
उनका अनुसार १ लाख वासिन्दामा साप्ताहिक रुपमा ५८.१५ प्रतिशत बढ्दै गएको तथा सक्रमित दर ३.६ प्रतिशत भएको जनाएकी छिन । उनले खाँदा र पिउदा बाहेक अन्य सबै समयमा मुखावरण लगाउनु पर्ने बताइन ।
डिसी परिषद सदस्यले गुनासो पोखेका छन् । उनले भने पूर्ण खोप लगाएकालाई पनि पुन लगाउनु पर्ने भएकोले यो निकै निरुत्साहित हो भने । यसैगरी परिषद सभापतिले नगर प्रमुखले निर्णय संग सहमत भएको समाचार डब्लुटिओपीले लेखेको छ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया