महानगर प्रमुख पराजुली–भ्रम नछर्न आग्रह

इनेप्लिज २०७८ साउन १४ गते २१:३६ मा प्रकाशित

विराटनगर,१४साउन।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना खोप सम्वन्धी घटनामा भ्रम फैलाउन विभिन्न टिकाटिप्पणी भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ।

प्रमुख पराजुलीद्वारा आज साँझ जारी विज्ञप्तिमा साउन १३ गते बुधबार राति खोप सम्वन्धमा आफूलाई जोडेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिनु दुःखद घटना भएको उल्लेख गर्नु भएको छ।

उहाँले आफू उपस्थिति नभएको स्थानमा जोडेर नगरबासीहरुलाई भ्रम छर्ने खालको कार्य नगर्न विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ।

प्रमुख पराजुलीले कोरोना महामारीको पहिलो तथा दोश्रो लहरमा दिनरात नभनि नगरबासीको स्वास्थ्य सुरक्षाप्रति उत्तरदायित्व हुदै पिसीआरपरीक्षण,आइशोलेसन निर्माण,घरघरमा अक्सिजन व्यवस्था र चिकित्सक उपलव्धको व्यवस्था गरेको स्मरण गराउदै सहज रुपमा सबैलाई खोपको व्यवस्था गर्न लागि परेको विज्ञप्तिमा जनाउनु भएको छ।

उहाँले नगरका १९ वडामा खोप लगाउने कार्य जारी रहेको जानकारी दिदै आगामी दिनमा वृद्ध अशक्त र उमेरकाका आधारमा घर घर मै खोप लगाउने व्यवस्था मिलाई रहेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ।

प्रतिक्रिया