सोमबार, असोज ४ २०७८
काठमाडौं १४:००
वासिङटन डिसी 04:15

अलास्कामा ८.२ को भूकम्प आए पछि सुनामीको चेतावनी

इनेप्लिज २०७८ साउन १४ गते ११:०९ मा प्रकाशित

अमेरिकाको अलास्का राज्यका केही भागहरुमा ८.२ परिमाणको भूकम्पको धक्का आए पछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रायद्वीपमा ठूलो भूकम्प आएपछि अलास्काका भागहरूका लागि सुनामी चेतावनी जारी गरिएको हो ।

अमेरिकी भूगर्भविद /भूगर्भशास्त्रीहरुको सर्वेक्षणले ८.२ परिमाणको भूकम्प आएको र अलास्काको पेरिभिलको पूर्व दक्षिणपूर्वमा गएको बताएका छन् । गत बुधबार राती ८:१५ मिनेटको समयमा गएको थियो ।

भूगर्भविदका अनुसार समुन्द्र सतह भन्दा २९ माइल मूनि भूकम्प गएको जनाएका छन् भने हाल उक्त चेतावनी रद्ध गरिएको समाचार एबिसी न्यूजले लेखेको छ ।

प्रतिक्रिया