राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए पद तथा गाेपनीयताकाे शपथ

इनेप्लिज २०७८ साउन १४ गते ११:०८ मा प्रकाशित

काठमाडौं।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराएका थिए।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया