सोमबार, असोज ४ २०७८
काठमाडौं १३:४५
वासिङटन डिसी 04:00

अमेरिकामा १६ करोड ३५ लाखलाई पूर्ण खोप, कूल जनसंख्याको ४९.३ प्रतिशतले खोप लगाए

दुई हप्तामा औसतमा १४६ प्रतिशत संक्रमण र अस्पताल भर्ना ७३ प्रतिशत

इनेप्लिज २०७८ साउन १४ गते १०:४२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ६६ हजार ९ सय २४ जना संक्रमित भएका छन् । यस्तै कोभिड-१९ बाट ३ सय १६ जनाको मृत्यु भएको छ । गत बुधबार जुलाई २८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४६ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ११ हजार ७ सय ८ जनाको निधन भएको छ भने दुई हप्तामा ११ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका ५० वटै राज्यमा डेल्टा प्रजातिको कोरोको वृद्धि भएको छ भने अअर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा अत्यधिक वृद्धि भएको छ ।

अमेरिकामा ६ लाख २६ हजार १४ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ६ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ३६ हजार ६ सय १४ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ६ प्रतिशतले वृद्धि भएको छ । बिहिबार बिहान जुलाई २८ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४७ लाख ६५ हजार ९ सय ९२ रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.३ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५७.१ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९.३ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.२ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९६ लाख ३ हजार ९ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९.६ प्रतिशत र पूर्ण खोप ७९.९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ५९ लाख ७४ हजार ५ सय १५ खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया