हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ मा करिश्मा,केकी र पल

इनेप्लिज २०७८ साउन १४ गते १०:२८ मा प्रकाशित

करिब ३ बर्ष अगाडी रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ।सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।

सोहि गीतको दोश्रो पार्ट ‘माछिलाई खोलीको लेउ’ सार्वजनीक भएको छ।गीतमा बरिष्ठ कलाकर हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ।गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ।नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग / मास्टरिङ्ग गरेका छन्।

विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा वरिष्ठ कलाकार हरिवंश आचार्य,सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर,अभिनेत्री केकी अधिकारि र अभिनेता पल शाह फिचर रहेका छन्।विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ।

प्रतिक्रिया