मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:५०
वासिङटन डिसी 04:05

अमेरिकाको दक्षिण क्यारोलाईनामा नक्कली उबर चालक बनि बिधार्थीलाई अपहरण गरि हत्या गर्नेलाई आजीवन कैद

इनेप्लिज २०७८ साउन १४ गते १:३९ मा प्रकाशित

अमेरिकाको दक्षिण क्यारोलाईनामा नक्कली उबर चालक बनि बिधार्थीलाई अपहरण गरि हत्या गर्नेलाई आजीवन कैद सुनाइएको छ ।

न्यायाधिशले नाथानिएल रोल्याण्ड व्यक्तिलाई उनले युएससिको बिद्यार्थी सामन्था जोसेप्सनलाई हत्या गरेकोमा दोषी पाइएकोमा आजीवन कारागारको फैसला सुनाइएको हो ।

गत मंगलबार जुलाई २७ का दिन उक्त सजाय सुनाईएको थियो । २७ बर्षिय रोल्याण्डलाई न्यायिक समितिले तुरुन्तै अन्तिम निर्णय सुनाएका थिए ।

उनलाई हत्या,अपहरण, र एउटा हिंस्रक अपराधको क्रममा हतियार राखेकोमा दोषी ठहरिएका थिए। निर्णायक समितिले करीव एक घण्टा छलफल गरेको थियो भने फैसला सर्वसम्मति रहेको थियो।

सन् २०१९ को मार्चमा २१ बर्षिय महा बिद्यालयको बिद्यार्थी बार (मधुशाला)बाट निस्के पछि गलत उबरमा चढेकी थिइन् । पछि ६५ माइल टाडा उनि क्लारेनडन काउन्टीमा मृत अवस्थामा फेला टाडा फेला परेकी थिइन् ।

गत सोमबार उनलाई बिज्ञले प्रमाण प्रस्तुत गर्दै जोसेप्सनलाई १२० पटक छुरा प्रहार गरेका थिए । अत्यधिक रगत बगेकोले रगत परीक्षण गर्न समेत समस्या उत्पन्न भएको थियो

रोल्याण्डकी पूर्व प्रेमिकाले उनको गाडीमा खुन लागेको देखेकी बताएकी थिइन् । उनले गाडी र चक्कु ब्लिच(रसायन)ले सफा गरेको र खुनले लतपतिएको समान फोहोर बाकसमा फ्याकेका थिए भनि ब्यालरअलर्ट डटकमले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया