सोमबार, असोज ४ २०७८
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

फाइजरको तेश्रो खुराक खोपले डेल्टा प्रजातिको कोरोना बिरुद्ध सुरक्षा गर्ने

इनेप्लिज २०७८ साउन १४ गते ०:५५ मा प्रकाशित

फाइजरको अनुसन्धान तथ्यांक अनुसार तेश्रो खुराक खोपले डेल्टा प्रजातिको कोरोना बिरुद्ध सुरक्षा दिने जनाएको छ । फ़ाइजर र बायोटेकको तेस्रो कोभिड-१९ बिरुद्ध खोपले दुई खुराक खोप भन्दा राम्रो काम गर्ने जुलाई २८ बुधबारका दिन सुझाव दिएको छ ।

उनीहरुको तथ्यांकले डेल्टा भेरियन्ट(प्रजाति )लाई लक्षित गर्न सक्ने रोग प्रतिरोधक क्षमता (एन्टिबडी)हरूको स्तर १८ देखि ५५ बर्ष सम्मका मानिसहरुले खोपको तेस्रो खुराक लगाएमा पाँच गुणा बढ्ने सुझाव दिएको छ ।

यसै गरि ६५ देखि ८५ बर्ष सम्म उमेरका मानिसहरुमा दोस्रो खुराक लगाएको छ भने तेश्रो खोप लगाएमा ११ गुणा बढी संरक्षित हुने जनाएको छ ।

२३ जना व्यक्तिको परीक्षण गरिएको भनिएता पनि त्यसको समीक्षा वा सूचना प्रकाशित गरिएको छैन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसी )ले हालका खोपहरूले सबै सामान्य प्रकारका कोरॉन बिरूद्ध सुरक्षा गर्दछ भनेको छ ।

बुधवार बिहान फाइजरका लागि विश्वव्यापी अनुसन्धान, विकास र चिकित्साको नेतृत्व गर्ने डा मिकाएल डोल्स्टनले खोपको तेस्रो खुराकको नयाँ तथ्यांकलाई “प्रोत्साहनजनक” भने।

प्रतिक्रिया