भ्वाइस अफ नेपाल सिजन ३ नेपाल बाहिरका नेपालीहरूको समाबेशले त्यतिकै तातेको थियो।जब अमेरिकाबाट किरन गजिमेरले प्रस्तुति दिए कोच दिपले भाबुक बन्दै अमेरिका पुग्न भ्याछैन अंग्रेज़ी गित गाउनु पर्ने हुन्छ तर किरन भाई तपाइ त नेपाली गित सङ्गितलाई माया गरेर यहाँ आउनुभयो भन्ने आशयको तर्क राख्दै किरनलाई शुभकामना दिइसके पछि माहोल झनै तातियो।
बाध्यताले बिदेशलाई स्वादेश मान्न तयार नेपाली भाषीलाई लाग्ने आरोप पनि यहि नै हो।देश भुलिस,सस्कार भुलिस,भगौडा आदिको आरोप यि हरेक कारणले नेपाल बाहिर बस्ने नेपालको लाग्छ।तर नेपाल भन्दा बाहिर बस्नेमा नेपाली पन कति छ भन्ने कसले भन्न सक्छ र।मानिसलाई आफ्नो घर र आफ्नो जन्म भुमि भन्दा प्यारो के नै लाग्छ र? लङ्काको सुखमा रमाउदा आफ्ना प्रिय भाई लक्ष्मणलाई “जननि जन्मभुमिष्च स्वार्गदपी गरियसी”,भनेर भगबान रामचन्द्रले किन भन्नुभयो भन्ने त हामी देश बिहिनले भन्दा अरू कस्ले कल्पना गर्ला र ?
नेपालमा खडेरी लाग्दा नेपाल बाहिरका नेपालीको घाटी सुक्छ उनीहरूको मन रून्छ र सकेजति सहयोग गर्न चाहान्छन।बिदेशको पिज्जाभन्दा नेपालको दुन्द्रूकमा रमाउने नेपालीभाषी धेरै पाइन्छ।नेपाली ढाका र नेपाली गित सङ्गितलाई माया सबैभन्दा धेर पुनरवासमा आएका नेपाली भाषी भुटानी ले गर्छन भन्दा कसैले नकार्न सक्दैन।पत्रकार राजेश कोइरालाले सधै भन्ने गर्नु हुन्थ्यो सिरमा ढाका टोपी लाउने पुरूष र साडीमा सजिएका महिला देखिए ति भुटानी भन्दा फरक पर्दैन।
हो भाषा खोसीएकालाई मात्र थाहा हुन्छ भाषा के हो र यसको महत्व कति छ भनेर।अथर गुनले जस्तो किरनहरूले अमेरिकी आइडलमा भिड्न नसक्ने होइन तर भाषा खोसिएका यिनलाई नेपाली भाषा गुनगुनाउन पाउनु स्वार्गीय आनन्द हुन्छ।यि भाषा खोसीएका नेपाली भाषीले बरू देश छाडिदिए तर भाषा कहिल्यै छाडेनन न छाडेने नै छन्।
यसपालीको भ्वाइमा नेपाल भित्र र नेपाल बाहिरका नेपालीभाषीहरूले भारि मतले किरनलाई जिताउनै पर्छ।कारणहरू:
नया पुस्तालाई भाषा प्रति मोह
नया पुस्ताले नेपाली भाषा भन्दा अंग्रेज़ीमै रमाउने गरेको पाइन्छ चाहे नेपाल बाहिरका हुन वा नेपालमै हुन।यिनीहरूलाई भाषाको महत्व नेपालमा भन्दा बिदेशमा छ भन्ने चेतना फैलाउनु छ।चाहे जहा भए नि यो मन त मेरो नेपाली हो भन्ने उनीहरूलाई सिकाउनु छ र त्यस महान कार्यको थालनी गायक किरनले सुरू गरिसकेका छन।अब हरेक युवाको कानमा र मनमा यो किरनले सुरू गरेको क्रान्तिको बिकुल फुक्न हामी नेपाल बाहिरका र नेपालमा रहेका नेपाली भाषीले पुर्याउन सक्नु पर्छ।
भाषा र साहित्य
हामी जहां रहे नि जे गरे नि यो मनमा नेपाली मन र नेपाली पन छ। नया पुस्तामा जसरी पस्चिमेली सस्कारमा रमाउन रूचाउछन किरनको यो प्रयासले यि कलिला बालबच्चालाई भाषा र साहित्य तिर मन बटार्न सक्नु पर्छ। नेपाल र नेपालीपन यिनीहरूको मनमस्तिकमा घुसाउन सक्नु पर्छ। किरनले भ्वाइस जित्ता जति उनलाई फाइदा छ यति उनी बाहिरको अवस्थामा हामी नेपाल बाहिरका नेपालीलाईत्यतिनै ठुलो नोक्सानि छ। हाम्रा भावीपिडीमा नकारात्मक सन्देश जान्छ र उनीहरूले नेपाली भाषा, गित सङ्गित भन्दा पस्चिमेली सङ्गितमै रमाउन चाहान्छन। यदी त्यस्तो भयो भने हाम्रा सन्ततिले पुर्खेउली देश जादा पहिला देभासेको बन्दबस्त गर्नुपर्ने हुन्छ।
किरन को कहाँको भन्नु भन्दा पनि भाषाको एक अव्वल दुत किरन हाम्रो मनको किरन भन्नु पर्ने स्थितीमा हामी छौ।यदि जो कोही पनि नेपाली भाषालाई माया गर्छ भने नेपाल बाहिरबाट हजारौ किरनहरू हामी जन्माउन सक्छौ र ति हजारौले लाखौ करोडौ नया पुस्ताका किरनहरू जन्माउने छन्।बिष्व मन्चमा नेपाली भाषामा गितहरू गाइने छन।सगरमाथा र बुद्ध नेपालको हो भनेर चिनाउने छन र हरेकको मनमा र तनमा नेपालीपन झल्काउने छन।अनि सबैले एकसाथ भन्ने छन् सो मन त मेरो नेपाली हो।त्यो बेला सबैको सिरमा ढाका टोपी मनमा सगरमामाथा हुनेछ,बुद्धको देशको भाषा भनेर चिनिने छ।त्यसैले पनि यो सिजनमा किरन बिजयीहुन जरूरी छ।
आश छ सबैले किरलाई माया गर्ने छन र यसपालि बाध्यताले नेपाल बाहिर वसेर सदा नेपाल र नेपाली पनलाई माया गर्नेहरूलाई फेरी छाती खुलाएर यो मन त मेरो नेपाली हो भन्ने नारा लाउने अवसर दिने छन।
जय गित !
जय सङ्गित !!
जय भाषा !!!
लेखक ऐनामा देशका कथाकार हुन।उनको पुस्तक
प्रतिक्रिया