प्रेमध्वजको ती आँखामा…को लागि ११ जोडी फाईनल

इनेप्लिज २०७८ साउन १३ गते ११:२७ मा प्रकाशित

काठमाडौं,१४ साउन दिवँगत गायक प्रेमध्वज प्रधानको गीत ति आँखामा…को कभर गायन प्रतियोगिता चलिरहेको छ।दिवँगत अग्रज गायक प्रेमध्वज प्रधान प्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना आयोजक एशियन म्युजिकले जनाएको छ।यो गीतका लागि १७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएका छन्।

हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णयक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले जानकारी गराएका छन्।
यो प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा युनिशा शेर्पा देशार र सुमित श्रेष्ठको जोडी,सिर्जन गुरागाईं र उमेश राउतको जोडी,आयुष्मा महर्जन र सविन महर्जनको जोडी, कुमारी बिसी र सन्दीप केसीको जोडी पनि चयन भएका छन्।यस्तै अरु जोडीमा सरिता शाही र मनिक शाही,सरल महर्जन र प्रिजा मिश्र,राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ,अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य,जनक घिमिरे र रोनी राजभण्डारी रहेका छन्।यस्तै यो प्रतियोगिताका लागि छानिएका अन्य जोडीमा अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धर रहेका छन्।

ती आँखामा…गीतमाथि कोभर गायन प्रतियोगिताको परिणाम यही २१ साउनमा घोषणा गरिने भएको छ।यो कभर गायन प्रतियोगिताका बिजेताले जोडीलाई एशियन म्युजिकले एउटा गीत गाउने अबसर दिनेछ।सो गीतको म्युजिक भिडियो तयार गरेर एशियन म्युजिककै युट्युव च्यानलबाट रिलिज गरिने भएको छ।

तीन महिना अघि दिवँगत भएका अग्रज गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक इश्वर गुरुङले बताए।

डब्बु क्षत्रीको रचना र जुगल डँगोलको संगीतमा तयार भएको यो गीतलाई पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो।गीतलाई अग्रज गायक प्रेमध्वज प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाले गाएका हुन्।जसलाई एशियन म्युजिकबाट रिलिज गरिएको थियो।

 

प्रतिक्रिया