अमेरिकाका चर्चित संक्रमण रोग विशेषज्ञ डा फौसीलाई बिधुतिय डाक मार्फत धम्कि दिने मेरिल्याण्डका मानिस पक्राउ

इनेप्लिज २०७८ साउन १३ गते ११:१५ मा प्रकाशित

अमेरिकाका चर्चित संक्रमण रोग विशेषज्ञ चिकित्सक एन्थोनी फौसी (डा)लाई बिधुतिय डाक(इमेल) मार्फत धम्कि दिने मेरिल्याण्डका एक मानिसलाई पक्राउ गरिएको छ । उनलाई धेरै पटक धम्कि दिए पछि उनको खोज तलास भए पछि संघीय जासुसहरुले उनलाई पक्राउ गरेका हुन् ।

उक्त व्यक्तिले चिकित्सक फौसीलाई उक्त बिधुतिय डाकमा अपमान जनक शब्द प्रयोग गरेका थिए । गत सोमबार जुलाई २६ का दिन थोमस प्याट्रिक कोनालीलाई संघीय अधिकारी र अन्तर्राष्ट्रिय सञ्चार बिरूद्ध धम्की दिएको आरोप लगाइएको छ ।

उक्त कुरा मेरील्याण्ड राज्य स्थितअमेरिकी जिल्ला अदालतमा फौजदारी उजुरीमा उक्त कुरा उल्लेख गरिएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका लागि महानिरीक्षक कार्यालयले मार्च २०२० मा फौसी वरपर “सुरक्षात्मक कारवाईहरू” प्रदान गर्न थालिसकेको थियो किनभने उनी माथि “बढ्दो धम्की” देखा परेको थियो। फौसी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार पनि हुन्।

५६ वर्षीय कोनालीले बुधबार अमेरिकाको मेरिल्याण्ड राज्यको ग्रीनबेल्टको जिल्ला अदालतमा मजिस्ट्रेट न्यायाधीश तिमोथी जे सलिभन समक्ष पेश हुने अपेक्षा गरिएको छ। हाल सम्म कोनालीकले कुनै वकिल राखेको उक्त सूचीमा देखिएको छैन भनि सिएनएनले उल्लेख गरेको छ ।

बिधुतिय डाक (ईमेल )आपराधिक उजुरी अनुसार स्विजरल्याण्डमा आधारित एक ईन्क्रिप्टेड(संकेत-लिपि) ईमेल सेवाको माध्यमबाट पठाइएको थियो। अनुसन्धानले एन्क्रिप्टेड (गुप्त भाषा)बिधुतिय डाक (ईमेल )खाता कोनालीसँग सम्बन्धित रहेको पत्ता लगाएको न्याय विभागले जनाएको छ ।

फौसीले डिसेम्बर २०२० मा नेश्नल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगहरूमा काम गर्दा आफ्नो कार्यलयको बिधुतिय डाकमा धम्की जनक सन्देशहरू प्राप्त गर्न शुरू गरेका थिए ।

प्रतिक्रिया