वर्तमान समयमा मुलुकको सीस्टममा लागेको खियालाई जडबाट नै निर्मुल गर्नुपर्ने हुन्छ !

इनेप्लिज २०७८ साउन १३ गते ९:५८ मा प्रकाशित

वर्तमान समयमा मुलुकको सीस्टममा लागेको खियालाई जडबाट नै निर्मुल गर्नुपर्ने हुन्छ।मुलुकको सीस्टम र पद्धतिमा लागेको खियालाई जडबाट उखेलेर फ्याँक्नुपर्ने हुन्छ।

मुलुकको हरेक निकायमा विकृति,बेथिति र भ्रष्टाचार छ।कसैले रोकेर रोकथाम हुनेछैन।मुलुकको पुरै सीस्टम र पद्धतिमा नै खिया लागेको छ।हालको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाह र नेपाली सेना जुनसुकै शक्ति आए भने पनि कसैले पनि भ्रष्टाचार,विकृति,बेथिति,अराजकता र दण्डहीनतालाई नियन्त्रण गर्न सक्ने छैन।संभाल्न खोजेको खण्डमा निरंकुश,तानाशाह र मानव अधिकार हनन गरेको नामको बिल्ला भिर्नुपर्ने र सत्ताबाट बाहिरिनुपर्ने हुन्छ।

बालकृष्ण न्यौपाने,सुरेन्द्र के.सी,सुरेन्द्र भण्डारी,गोविन्द के.सी,ज्ञानेन्द्र शाही,भरत दाहाल र प्रेम सिंह बस्न्यात लगायतका अभियनता हरुले मुलुकमा भइ रहेकोे भ्रष्टाचार,विकृति,बेथिति,अराजकता र दण्डहीनताको विरोधमा जतिसुकै चिच्याए र कराए भने पनि केही हुने छैन।एक ठाउँमा खराबी भए पो संभव हुन्छ पुरै सीस्टममा नै खराबी छ नियन्त्रण गर्न असंभव छ।मुलुकमा खिया अर्थात जंग लागिसकेको पुरानो सीस्टमलाई पुरै जडबाट उखेलेर फ्याँक्नुपर्ने हुन्छ।

मुलुकको पुरै सीस्टममा लागिसकेको खियालाई जडबाट उखेलेर फ्याँक्नुपर्ने शक्तिको आवश्यकता छ।मुलुकमा एडोल्फ हिटलर,किम जोंग,सी जिनपिंग,जो बिडेन लगायत जस्ता व्यक्तित्वहरुको आवश्यकता छ।

 

प्रतिक्रिया