न्युयोर्क च्याप्टरको “भानु जयन्ती तथा रचना वाचन सम्पन्न”
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले गत जुलाई २३ शुक्रबार २०८ औं भानु जयन्ती उत्साहकासाथ जुम मार्फत मनाएको थियो। च्याप्टरका उपाध्यक्ष शान्ता अधिकारी घिमिरेको स्वागत मन्तब्यबाट शुरू भएको उक्त कार्यक्रममा बिभिन्न कविहरूले कविता वाचन गर्नु भएको थियो ।
च्याप्टरका सचिव मेनुका पराजुलीले भानुभक्तको रामायणका केहि श्लोकहरू मीठोसंग पढेर शुरू गरिएको थियो।
अनेसासका केन्द्रिय सल्लाहकार राम खत्री ,वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, बिशेष अतिथि हुनुहुन्थ्यो। च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौड्याल, पूनम काफ्ले, विकाश बिष्ट लगायत मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष आनन्द श्रेष्ठ, गीतकार पद्मा लिंखा मगर, कवि लक्ष्मी श्रेष्ठ, कवि शारदा क्षेत्री, डा. गोबिन्द कोइराला, छन्द कवि कोमल भट्ट, गायक/संगीतकार केशब शर्मा दाहालले धन लामाद्वारा सिर्जना गरिएको गीत भानुको गाथा गाएका थिए ।
त्यसै गरि पिपलमणी सिग्देल, न्युयोर्क च्याप्टरका कोषाध्यक्ष कवि जानुका वस्ती ढकाल र बेदा आचार्यले भानु प्रति समर्पण गरि कविता बाचन गर्नु भएको थियो। साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा समय र सिर्जनाका परिकल्पनाकार डा. मधु माधुर्यले चर्चा गर्नुभएको थियो ।
संयोगबस त्यसै दिन गुरूपूर्णिमा पनि पर्न गएको हुनाले सबैले आफ्ना गुरूहरूलाई स्मरण गर्दै हार्दिक नमन टक्राएका थिए ।
झण्डै दुई दर्जन कविहरू सहभागी हुनु भएको उक्त कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टीका अध्यक्ष गीता खत्रीको प्रमुख अतिथिमा भएको थियो भने च्याप्टरका अध्यक्ष शकुन ज्ञवालीले सभापतित्व गर्नुभएको थियो ।
केन्द्रिय सल्लाहकार राम खत्री ,बरिस्ठ उपाधक्ष्य गोबर्धन पुजा र उपाध्क्षय राजेन्द्र श्रेष्ठ,पुर्व च्याप्टर अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष बिकाश बिष्ट ,पुर्व अध्यक्ष पुनम काफ्ले , पुर्व अध्यक्ष ज्योति पौड्यालले शुभकामना मन्तब्य सहित रचना वाचन गर्नु भएको थियो।
उक्त कार्यक्रमलाई च्याप्टरका महासचिब राजन महर्जनले संचालन गर्नु भएको थियो।
समाचार : जानुका वस्ती ढकाल
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया