सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५०
वासिङटन डिसी 04:05

बाइडेन र ह्यारिसलाई मार्ने धम्कि दिने मेरिल्याण्डका एक मानिसलाई ७ महिना कैद सजाय

इनेप्लिज २०७८ साउन १३ गते १:१४ मा प्रकाशित

राष्ट्रपति जी बाइडेन र उप राष्ट्रपति कमला ह्यारिसलाई मार्ने धम्कि दिने मेरिल्याण्डका एक मानिसलाई ७ महिना कैद सजायको  फैसला अदालतले सुनाएको छ । उनलाई जुलाई २७ मंगलबारका दिन ७ महिनाको कैद सजाय सुनाईएको हो ।

उक्त व्यक्तिले अहिले राष्ट्रपति र उपराष्ट्रपति बने पछि धम्कि दिएका हैनन । उनले सन् २०२० मा राष्ट्रपति र उप राष्ट्रपतिको उम्मेदवार हुँदा र चुनाव अभियानमा होमिदा उनले धम्कि दिएका थिए ।

उक्त व्यक्तिले छिमेकीले डेमोक्र्याटलाई समर्थन गर्ने चिन्ह राखे पछि उक्त व्यक्तिले एक चिट्ठी दैलो अगाडी राखी उनले त्यस्तो लिखित पत्र छोडेका थिए ।

अदालतमा डेल रिड नामक व्यक्तिले सघिय न्यायाधिशलाई अक्टोबर २०२० को शुरुमा उक्त चिठी लेखेकोमा गहिरो पछुतो लागेको कुरा बताएका थिए।

“मलाई थाहा छैन किन त्यस्तो खराब कामले मलाई यस्तो कुकर्म गर्न लगायो,” त्यो सामान्य व्यक्तिले अमेरिकी जिल्ला अदालतका न्यायाधीश एलेन होल्यान्डरलाई भने ।

घरमा सुरक्षाको लागि जडान गरिएको क्यामेरा(अङ्कीयचित्रक)ले मेरिल्याण्डको फ्रेडरिक काउन्टीमा उनको छिमेकीको ढोकामा धम्कीपूर्ण पत्र छोड्ने रीडको छायाचित्र कैद गरेको थियो भनि डब्लुटिओपीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया