अध्यावधिक गरिएको : फ्लोरिडामा भत्किएको भवनमा कूल मृतकको संख्या ९८ पुग्यो,हराएका सबै जनाको पहिचान
फ्लोरिडाको भत्किएको भवनमा कूल मृतकहरूको संख्या ९८ पुगेको छ । । मायामी डेड काउन्टीका नगर प्रमुख डानीला लेभिन काभाले सोमबार दिउसो जुलाई २६ का दिन जानकारी दिँदै कूल मृतकको संख्या ९८ पुगेको बताइन । उनले सबैको पहिचान भएको पत्रकारहरुलाई जानकारी दिएकी छिन ।
अन्तिम पीडित ५४ बर्षिय इसटेल हेडाया भएको पुष्टि भएको छ । उनको डाह संस्कार न्युयोर्कको ब्रुकलिनमा गरिने भएको छ ।
मायामी डेड काउन्टीका अनुसार हाल सम्म लाखौ मिलियन पाउण्ड फोहोरको थुप्रो अर्थात् कंक्रिट(ढुंगा,सिमेन्ट र बालुवा ईटा ) हटाईएको छ ।
३३ औ दिन सम्म पनि फ्लोरिडा र अन्य धेरै राज्यका उद्धारकर्मीहरू र आपतकालीन समर्थन टोलीहरूले १२/१२ घण्टाको पालोमा काम गरेका थिए । अर्थात् दुई परिवर्तन समय(सिफ्ट)मा काम गरेका थिए ।
उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।
उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।
उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया