डिसीमा दुई किशोरहरुलाई गोली हानी हत्या ,एक जना अस्पताल भर्ना
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा दुई किशोरहरुलाई गोली हानी हत्या गरिएको छ । प्रहरीले दुवैजनाको नाम सार्वजनिक गरेको छ भने उक्त घटना यसै सप्ताहन्तमा घटेको हो । वाशिंगटन डिसीको उत्तरपश्चिममा उक्त गोली काण्डमा दुई जना युवाहरुलाई गोली प्रहार गरिदा उनीहरुको निधन भएको हो ।
गत आइतबार दिउसो गोली प्रहारबाट निधन हुनेहरुमा २२ बर्षिय जोभन हिल जुनियर तथा तारिक रिलेलाई ४ बजे अगाडी गोली हानिएको थियो । उक्त घटना पछि उद्धार टोली डिसीको १०० भवन समूहको क्यु मार्गमा पुगेका थिए ।
उनीहरुको दुवैको मृत्यु घटनास्थल मै भएको थियो भने अर्का एक जनालाई गोली लागेकोले उनलाई अस्पताल भर्ना गरिएको छ । र ,उनको स्वास्थ्य स्थिति स्थिर रहेको प्रहरीले बताएका छन् ।
तीन जना पीडित एकै छिमेकका हुन् । प्रहरीले सम्भवत ओखति ओसार पसार तथा गाँजा लेनदेन बारेमा उक्त घटना घटेको हुन् सक्ने शंका उप शंका गरेका छन् भनि एनबिसी वाशिंगटन डटकमले समाचार प्रकाशित गरेको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया