किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो याक्थुङ मौलिक पर्ब सिसेक्पा तङ्नाम
किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो याक्थुङ मौलिक पर्ब सिसेक्पा तङ्नाम मनाएको छ । गत जुलाई २४ का दिन कुइन्स बृज पार्कमा निकै हर्ष उल्लाशको साथ साथ सम्पन्न गरेको छ ।नेपाल सरकारको तर्फबाट महा बाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा रहेको हाम्रो सिसेक्पा तङ्नाम भब्य ,सभ्य र रमाइलो साथ सम्पन्न भएको छ ।
उक्त समारोहमा नेपाली बिभिन्न संघ संगठनका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदायहरुको उपस्थिति रहेको थियो । उक्त पर्वको लागी कनेक्टिकट, न्यूजर्सी, मेरिल्याण्ड, एरीज़ोना, टेक़्सस देखी मौलिक पर्ब मनाउन आएका थिए ।
आफ्नो संस्कार ,संस्कृति,भाषा,धर्म जोगाउनु,जगेर्ना गर्नु पर्छ भन्ने चेतना भएका याक्थुङ जातीको उक्त पर्वलाई आअर्थिक सहयोग पनि प्राप्त भएको आयोजकले जनाएका छन् ।
आयोजकले सबैलाई धन्यबाद दिएको छ । उक्त कार्यक्रममा बिशेष अतिथिहरुमा फिप्ना अध्यक्ष लोक चेम्जोङ्ग तथा एनआरएनए न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाको समेत उपस्थिति रहेको जानकारी केशवराम राईले ईनेप्लिजलाई बताए ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बु हुन् ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया