युद्धसंग जोडियो अभिनेत्री पुजाको नाम, के यिनै हुन् उनले बुझ्दै गरेकी युवक ? (भिडियो सहित)

इनेप्लिज २०७८ साउन १२ गते १०:२२ मा प्रकाशित


ईटहरी/ नेपाली चलचित्र उधोग पछिल्लो समय गसिपका कारण तातिरहेको छ।कहिले प्रेमका कारण, कहिले गर्भवती अभिनेत्रीका कारण त कहिलेअन्तरबार्ताका कारण।यता अभिनेत्री पुजा शर्मा पछिल्लो समय प्रेमका कारण चर्चामा छिन्।उनको प्रेम चर्चा अभिनेता आकाश श्रेष्ठसंग भने हैन।आकाशसंग प्रेममा छिन भन्ने हल्ला बजारमा निकै चल्यो।तर,सो हल्लाले पुर्णता पाएन, हल्लामै सिमित रह्यो।यता, केही साताअघि पुजा र र आकाशको सम्बन्ध बिग्रीएको चर्चा चलेपछि पुजाले एक अन्तरबार्ताबाट प्रेम नरहेको तर मित्रतामा खटपट आएको बताइन्।तर, दुबैले लगत्तै केहि म्युजिक भिडियो गरिन्।अभिनेता अभिनेत्रीको कुरा बुझिनसक्नुकै हुन्छ।यता आकाशले पनि सम्बन्ध नबिग्रीएको प्रतिक्रिया दिए।सामाजिक संजालबाट यो खबरहरु सेलाउन नपाउदै पुजा फेरि चर्चामा छिन् । हेर्नुस भिडियो

उनिसग एक युवकको नाम जोडिएको छ।केहिअघि उनले प्रीयंका कार्कीको चपचप डायरी शोमा कसैलाई बुझ्दैछु तर,त्यो आकाश हैन भनेकी थिइन्।यो पछि उनको नाम एक ब्यापारी युवक संग जोडिएको हो।उक्त युवक हुन युद्ध बानियाँ।यो खबरहरुबाट सायदै यी दुबै बेखवर छैनन् तर,बाहिरिएका यी यावत् कुराहरुबारे बोलेका भने छैनन्।तर सुदर्शन थापा,प्रदिप खड्का,पल शाहदेखि आकाश श्रेष्ठसँग विवाहका कुरा कुरा जोडिएर आए अहिले युद्धसंग पनि सुरुमै विवाहको कुरा जोडिएको छ।अब यो कुरा भने कत्तिको सत्यता सावित हुन्छ ? त्यो त आगामी दिनमा थाहा हुने नै छ।चलचित्र क्षेत्रका हस्तिहरुसंग नाम जोडिरहेको पुजाको आफ्नो क्षेत्र भन्दा बाहिरको ब्यक्तीसंग नाम जोडिएपछी भने विबाह नै हुन्छ भनेर धेरैले अड्कलबाजि गरिरहेका छन्।

तर पुर्ण रुपमा यो क्षेत्रमा नरहेपनी रुचि भने छ भन्ने बुझिन्छ।कारण उनी सौन्दर्य प्रतियोगिता ‘द फेस’ पहिलो सिजनको बिजेता समेत हुन्।हेटौंडा जन्मघर भएका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन्।बुझिएअनुसार युद्धसंग पुजाको भेट आफ्नै दिदिहरुका कारण गतवर्ष फागुनमा भएको हो।यी २ सामाजिक संजालमा समेत एकअर्काको साथी बनेका छन् भने एकअर्काको पोस्टमा प्रेम झल्किने प्रतिक्रिया दिइरहेको पाईन्छ।जिम पारखी युद्ध यसैसंग सम्बन्धित प्रोटिन लगायतका खाद्यन्न ब्यवसायमा छन्।आकर्षक शारीरिक बनावट भएका युद्धको पुजासंग नाम जोडिन थालेपछि उनी सामाजिक संजालमा एकाएक छाएका छन्। उनको सुगठित शरीरको चर्चा छ।

प्रतिक्रिया