मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:१५
वासिङटन डिसी 04:30

जेन्नी रावतको मिस नेपाल नर्थ अमेरिका २०२१ मा सहभागिता

अलीशा अधिकारी २०७८ साउन १२ गते ०:२५ मा प्रकाशित

अलीशा अधिकारी,आर एनआर ग्रुप्स यू एस-इनेप्लिज,अमेरिकामा पढने धेरै नेपाली विद्यार्थीको सपना हुन्छ।यस्तै एउटा सपनासगै केवल आफ्नो २ वटा झोला बोकेर सन २०१५ मा अमेरिका झरेकी एउटी छात्रा हुने जेनि रावत,त्यो बेला उनको अभावका कुराहरु एकापट्टी थिए भने अमेरिका पुगेको एउटा छुट्टै उत्सुकता पनि थियो।त्यसो त उनी बच्चै देखि साहासी थिइन नै,कुनै पनि सिक्ने र आफुले जानेको सिकाउने कुरामा सदैव अग्रसर रहन्थिन।तर पनि नयाँ ठाउँमा आर्थिक र मानसिक हिसाबले अलिक कठिन अवस्था कै सामना गरिन।उन्ले पलपल नेपाली मानिस नेपाली खाना रहन सहन र भौगोलिकता मानसपटलमा घुमाइरहन्थिन।तर बिस्तारै समय संगै अमेरिकी साथीहरु र विश्व बाट पढ्न आएका विद्यार्थीहरु सगको चिनजानले सजिलो महसुस गर्ने थालिन।जहाँ उनी हाल MBA को अध्यन गर्दैछिन।

नयाँ बनेका साथीहरु अवस्था पनि आफ्नु जस्तै पाए पछी आफुलाइ अनुकुल बनाउन सजिलो भयो।यहाँ सम्म पनि कि उन्ले नामै नसुनेका देशबाट विद्यार्थीहरु आएर दुख गरेर अध्यन गरिरहेका छन।उनिहरुको संगतले धेरै नयाँ कुराहरु सिक्ने मौका पाएको उनी बताउछिन।तेस्ले उन्लाइ हिम्मत दियो।उन्ले बिस्तारै बिश्वबिद्धालयका विभिन्न संगठनहरुमा सदस्यता लिन थालिन।त्यस पछी उन्का पाइलाहरु समाजसेवामा अघि बडे विभिन्न ठाउँमा स्वयंसेविका भएर काम गर्न थालिन्।स्तन क्यान्सर सचेतना कार्यक्रम र बच्चाहरुको लाइब्रेरी बनाउने कामहरुको नेतृत्व गरिन।नेपालमा २०७२ मा गएको भुकम्पको लागी कोष खडा गर्ने र नेपाल सहयोगहरु पठाउने काममा नेतृत्व लिएकी थिइन ।पढाईको सिलसिलामा धेरै कामहरुमा संलग्न रहि तथ्यांक बिस्लेस्क र संकलनमा आफुलाइ उपस्थित गराइ धेरै ज्ञान हासिल गर्ने कुरामा सफल भइन।हाल उनि MNNA 2021 अर्थात मिस नेपाल नर्थ अमेरिकामा भाग लिइ रहेकी छिन।यो प्रतियोगिता विश्वमा चिनिने अभिनय कलाको मोड्लिङ र अन्य थुप्रै कुराहरुको मजबुत ढोका बन्ने उनी दाबी गर्छिन।उन्ले यो मौकालाई खेर जान नदिने र आफनो ब्याक्तित्व बिकास र अमेरिकी समाजसग नजिक हुन आफुलाइ कोसेढुङा साबित हुने बताउछिन।

आफू सगै नेपाली परम्परा र सस्कृतीलाई विश्व चिनाउने मौका मिल्ने र महिला शसक्तिकरणमा लाग्ने कुनै पनि मानिस रुप रङ अनि उस्को बाहिरी रुपले कतै हेपिनु नपरोस् भन्ने चाहना राखेको बताउछिन।अरुलाई सहयोग गर्ने परोपकारमा रमाउने जेनि रावत सम्बाद गर्न,नेतृत्व लिन,विभिन्न अन्तवार्ता दिन,आफुलाइ अब्बल साबित गर्ने,विभिन्न सघ सस्थाहरुमा आफूलाई संलग्न गराइ रहेकी हुन्छिन्।Information system and cyber crime security मा स्ननातक गरिरहेकी जेनि ब्यबसाहिक बिस्लेशकको रुपमा कामहरु गरि सकेकी छिन।भविष्यमा उधम गर्ने गायिका बन्ने र कानुन बिद हुने उन्को लक्ष्य रहेको बताउछिन।उज्ज्वल भविष्यको लागी र आफनो देशको नाम अघिबढाउन जस्तो सुकै गाह्रो काममा पनि अग्रता देखाउने उन्को देश प्रतिको अपार माया अनुमान गर्ने सकिन्छ।

प्रतिक्रिया